हत्कडीसहित अदालत परिसरबाटै अभियुक्त फरार



नेपाल समाचारपत्र, कैलाली ।

कैलाली जिल्ला अदालतबाट एक अभियुक्त हत्कडीसहित फरार भएका छन् ।
बलात्कारको अभियोगमा सोमबार पक्राउ परेका लम्कीचुहा नगरपालिकाका २३ वर्षका दिल्प दमाई जिल्ला अदालत परिसरबाट हत्कडीसहित फरार भएका हुन् ।

इलाका प्रहरी कार्यालय लम्कीमा थुनामा रहेका उनलाई बलात्कार मुद्दामा अनुसन्धानका लागि म्याद थप गर्न सोमबार धनगढी ल्याइएको प्रहरीले जानकारी दिएको छ ।

उनी अदालतमा फाइल पेश गर्ने क्रममा फरार भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्