सिटीको गोलवर्षामा अग्वेरोको ह्याट्रिक



लन्डन, (एजेन्सी)
डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगअन्तर्गत चेल्सीमाथि गोलको वर्षा गरेको छ।
आइतबार राति इतिहाद घरेलु मैदानमा भएको खेलमा सिटीले चेल्सीलाई ६–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो। चेल्सीमाथि गोलको वर्षा गर्ने क्रममा सर्जियो अग्वेरोेले ≈याट्रिक गर्दा रहिम स्टर्लिङले २ तथा गुन्डोगानले १ गोल गरे।

खेलको चौथो मिनेटमै स्टर्लिङको गोलबाट सिटीले गोलको खाता खोलेको थियो। खेलको १३औं मिनेटमा अग्वेरोेले गोल गर्दा सिटीले अग्रता दोब्बर बनाएको थियो। १९औं मिनेटमा अग्वेरोेले व्यक्तिगत दोस्रो तथा सिटीका लागि तेस्रो गोल गरे। २५औं मिनेटमा गुन्डोगानले गोल थपेपछि सिटीले पहिलो हाफसम्म ४–० को अग्रता बनायो।
खेलको ५६औं मिनेटमा प्राप्त पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै अग्वेरोले ≈याट्रिक पूरा गरेका थिए। प्रिमियर लिगमा उनको यो ११औं ≈याट्रिक हो। उनी अर्को एक ≈याट्रिक गरेमा प्रिमियर लिगमा सर्वाधिक ≈याट्रिक गर्ने खेलाडी बन्नेछन्। ८०औं मिनेटमा स्टर्लिङले व्यक्तिगत दोस्रो गोल गर्दा सिटी ६–० ले अघि र≈यो। त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् र चेल्सीमाथि सिटीले शानदार जित निकाल्न सफल भयो।

जितसँगै सिटी शीर्ष स्थानमा उक्लिएको छ। सिटीले २७ खेलबाट ६५ अंक जोडेको छ। लज्जास्पद हार बेहोरेको चेल्सीले भने २४ खेलबाट ५० अंक जोडेको छ। यो हारले चेल्सी पाँचौं स्थानमा चिप्लिँदा १ अंक बढी जोडेको म्यानचेस्टर युनाइटेड पहिलोपटक चौथो स्थानमा र≈यो।

आइतबारै भएको अर्को खेलमा टोटन≈याम हट्सपरले पनि लेस्टर सिटीलाई ३–१ ले पराजित गरेको थियो। लेस्टरको जितमा सान्चेजले खेलको ३३औं मिनेटमा पहिलो गोल गरेका थिए। यस्तै एरिक्सनले खेलको ६३औं मिनेटमा गोल गर्दै हट्सपरको अग्रता दोब्बर पारे।

खेलको ७६औं मिनेटमा जेमी भार्डीले गोल फर्काएपछि लेस्टरले खेलमा फर्कने छाँटकाँट देखाएको थियो। तर खेलमा थपिएको इन्ज्युरी समयको पहिलो मिनेटमा सन हिउङ मिङले तेस्रो गोल गरेपछि हट्सपरको जित सुनिश्चित बन्यो। टोटन≈याम यो जितसँगै ६० अंकसहित तेस्रो स्थानमा रहेको छ। टोलीको उपाधि आशा जीवितै रहेको छ।

प्रतिक्रिया दिनुहोस्