सावित्राको गोलमा नेपालको जित



नेपाल समाचारपत्र, काठमाडौं ।
भारतको उडिसास्थित भुवनेश्वरमा जारी हिरो गोल्ड कप महिला फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले जित हात पारेको छ।
सोमबार भएकोे खेल जित्नै पर्ने दबाबका साथ मैदानमा उत्रेको नेपालले घरेलु टोली भारतलाई २–१ ले हराएको हो। टोलीको जितमा सावित्रा भण्डारीले दुवै गोल गरिन्। उनले खेलको पाँचौं र सातौं मिनेटमा गरेको गोल नै नेपाललाई जित दिलाउन पर्याप्त भयो। ८३औं मिनेटमा रतनबाला देवीले फ्रि किकमार्फत उत्कृष्ट गोल गरेर नेपाललाई दबाबमा राखेकी थिइन्। तर बाँकी समय अर्को गोल हुन नदिई नेपालले भारतमाथि जित हात पा¥यो।

चार टोलीको सहभागिता भएको प्रतियोगितामा नेपालले पहिलो खेलमा म्यानमारसँग ३–० को हार बेहोरेको थियो। यो जितले नेपालको फाइनल पुग्ने अवसर ब्युँतिएको छ। नेपालले समूह चरणमा अन्तिम खेल इरानसँग बुधबार खेल्नेछ। अर्को खेलमा भारतले शीर्ष टोली म्यानमारसँग खेल्नेछ। म्यानमारले दुवै खेल जितेर फाइनलमा स्थान लगभग तय गरेको छ। इरान भने दुवै खेल हारेर बाहिरिने तरखरमा छ।

प्रतिक्रिया दिनुहोस्