प्रदेशस्तरीय छनोट फागुनमा



बैतडी, (नेस)
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिता फागुन पहिलो सातादेखि सञ्चालन हुने भएको छ। फागुन ३ गतेदेखि १७ गतेसम्म हुने प्रदेशस्तरीय छनोट प्रतियोगिता दार्चुला, बझाङ , कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा सञ्चालन हुने जिल्ला खेलकुद विकास समिति बैतडीका कार्यालय प्रमुख तर्कराज जोशीले जानकारी दिनुभयो।

भलिबल पुरुष छनोट फागुन १४ देखि १६ गतेसम्म दार्चुलामा, भलिबल महिला छनोट फागुन १० देखि १२ गतेसम्म बझाङमा हुनेछ। त्यस्तै एथ्लेटिक्स फागुन ३ देखि ५ गतेसम्म, खोखो महिला पुरुष फागुन ३ देखि ६ गतेसम्म, ≈यान्डबल महिला र पुरुष ३ देखि ७ गतेसम्म, बास्केटबल फागुन ४ र ५ गते, ब्याडमिन्टन फागुन ३ देखि ५ गतेसम्म, कबड्डी महिला र पुरुष फागुन ६ देखि १२ गतेसम्म र फुल कन्ट्रयाक्ट कराँते फागुन ७ र ८ गते हुने भएको छ।

जुडो फागुन ९ गते, टेबलटेनिस फागुन १० देखि १२ गतेसम्म, फुटबल महिला र पुरुष फागुन ११ देखि १७ गतेसम्म, क्रिकेट महिला र पुरुष फागुन ९ देखि १६ गतेसम्म, भारोत्तोलन १४ र १५ गते, सेपाकताक्रो फागुन १४ र १५ गते र कुस्ती फागुन १४ र १५ गते हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्