सत्य लुके पो !



भ्रष्टाचार मुलुकका लागि प्राणघातक भाइरस बनेको वर्षौंै भइसक्यो। कसैले भ्रष्टाचार कहाँ छ भन्ने प्रश्न ग¥यो भने उत्तर दिन निकै गाह्रो छ। कसैले भ्रष्टाचारको कुरो निकाल्यो भने ऊ आफै कहीँ न कहीँ प्रत्यक्ष÷अप्रत्यक्ष यसमा जोडिएकै हुन्छ, अनि कसरी ठ्याक्कै उत्तर दिने !

‘यसो २÷४ सय द्या थिएँ काम फ्याट्टै बन्यो, धेरै बेरै लागेन’ भन्नेहरू शहरबजार मात्रै होइन, अन्यत्र पनि बाक्लै भेटिन्छन्। यस्तो माहोल निकै बाक्लिएका बेला ‘भ्रष्टाचार संस्थागत हुन थालेको सुनिएको छ’ भन्ने बेहोराको राष्ट्रपति भण्डारीको भाषण धरहराले सुन्यो। भ्रष्टाचार जति बढ्यो उति नियन्त्रण गर्न गाह्रो हुने उनको तर्क सुनियो।

खै, यस्तै तर्क त ऊ बेला पृथ्वीनारायणले नि ग¥या थिए। राष्ट्रपतिसँगै एउटै कार्यक्रममा झुल्किएका पीएम ओलीले पनि पुरानै बोतलमा नयाँ रक्सी शैलीमा भ्रष्टाचारबारे बोल्दा धरहरा मात्रै होइन, उनको तर्क सुन्नेहरू खित्का छोडेर हाँसेको देखियो। ‘अब भ्रष्टाचार लुकाउन सम्भव छैन’ भन्दै भाषण गरेसी दुनियाँ नहाँसे को हाँस्छरु भ्रष्टाचार लुकाउन गाह्रो भएर होला कम्रेड ओलीका मन्त्रीले ग¥या फजुल खर्च फ्याट फ्याट सार्वजनिक भइराछ।

कहिले बालुवाटारतिर केक काट्या सुनिन्छ, वाइडवडी काण्ड, आफू निकटकालाई राम्रै दानापानी बाँड्या अनि करको करकर पनि बाक्लै सुनिन्छ। विलासी गाडी, हेलिकोप्टर, खै कता कताको होटल र घुमफिर खर्चको विवरण पनि लुकाउन नसकेपछि पीएमले साँचो भाषण नगरेर भो त ?

प्रतिक्रिया दिनुहोस्