काठमाडौं र रूपन्देहीको जित



काठमाडौं, (नेस)
रुस्लान धनगढी प्रिमियर लिगअन्तर्गत काठमाडौं गोल्डेन्स र रूपन्देही च्यालेन्जर्सले जित हात पारेका छन्।
सोमबारदेखि शुरू भएको प्रतियोगिताअन्तर्गत पहिलो खेलमा काठमाडौंले घरेलु टोली धनगढी स्टार्सलाई ४ विकेटले हराएको हो। फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा धनगढीले दिएको १ सय ३३ रनको विजयी लक्ष्य काठमाडौंले १ बल बाँकी राखी ६ विकेटको क्षेतिमा प्राप्त गरेको थियो। टोलीको जितमा अंकित दवासले २९ रन, गौरव तोमरले २८ रन र अनिलकुमार शाहले २४ रनको योगदान दिए। धनगढीका तर्फबाट रोहन मुस्तफाले सर्वाधिक ४ विकेट लिएका थिए।

टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ३२ रनको योगफल जोडेको थियो। जसमा अमित श्रेष्ठले ५० रन बनाए भने सन्दीप रजालीले २८ रन जोडे। ओपनरद्वय सुनिल घमला र रोहन मुस्तफालाई सस्तैमा गुमाएको धनगढीलाई अमित र सन्दीपले सम्हालेका थिए। उनीहरूले तेस्रो विकेटका लागि ५२ रनको साझेदारी गरे। उनीहरूबाहेक अन्यमा सौरभ खनालले २५ रनको महŒवपूर्ण इनिङ खेले। काठमाडौंका लागि नन्दन यादवले २ विकेट लिएका थिए।

दोस्रो खेलमा रूपन्देहीले अर्को घरेलु टोली महेन्द्रनगर युनाइटेडलाई रोमाञ्चक तरिकाले २ रनले पछा¥यो। मात्र १ सय १२ रनको लक्ष्य पाएको महेन्द्रनगर १ सय ९ रनमै समेटिएको थियो। टोलीका लागि आनन्द सुब्रमनियमले २५ रन र रोहित पौडेलले २४ रन बनाए पनि अन्य भने चल्न सकेनन्। कप्तान शरद भेषवाकर ९४ रन० र आरिफ शेख ९५ रन० ले टोलीलाई निरास गरेका थिए। रूपन्देहीलाई जित दिलाउन विक्रम सोबले ३ विकेट लिए भने पुनित मेहराले २ विकेट हासिल गरेका थिए।

यसअघि टस जितेर ब्याटिङ गरेको रूपन्देहीले सबै विकेट गुमाउँदै १ सय ११ रनको मध्यम योगफल बनायो। टोलीका लागि सुमित महर्जनले सर्वाधिक २७ रनको योगदान दिए। अन्यमा विनोद भण्डारी १९ रन र बाबर हयात १४ रनमै सीमित भएका थिए। महेन्द्रनगरका लागि सिद्धान्त लोहनीले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्