हलिउड अभिनेता अल्वर्ट र बलिउड खलनायक महेश आनन्दको निधन



हलिउड अभिनेता अल्बर्ट फिनी र बलिउड खलनायक महेश आनन्दको निधन भएको छ।
हलिउडका चर्चित अभिनेता अल्वर्ट फिनीको ८२ वर्षको उमरेमा निधन भएको छ। करिब ८ वर्षदेखि मृगौलाको क्यान्सरबाट पीडित फिनीको निधनको पुष्टि उनको प्रवत्ताले गरेका हुन्।

उनले आफ्नो फिल्मी करिअरमा ६० भन्दा बढी फिल्ममा अभिनय गरेका थिए। सन् १९३६ मा सेल्फोर्डमा जन्मिएका अल्बर्टलाई आफ्नो हेडमास्टरले अभिनेता बन्ने प्रेरणा दिएका थिए। फिल्म स्याटर्डे नाइट एन्ड सन्डे मर्निङबाट उनलाई दर्शकले चिनेका थिए। उक्त फिल्ममा उनी प्रमुख भूमिकाममा थिए। उनको रंगमञ्चसँग पनि गहिरो नाता रहेको थियो। उनले सेक्सपियरको धेरै नाटकमा अभिनय गरेका थिए। चार पटक ओस्कार एकेडेमी अवार्डका लागि चुनिएका उनले फिल्म टम जोन्स, मर्डर अन द अरिएन्ट एक्स्प्रेस, द ड्रेसर र अन्डर द वलकानोका लागि अवार्ड चुमेका थिए।

त्यसै गरी बलिउका चर्चित खलनायक महेश आनन्दको ७५ वर्षको उमेरमा निधन भएको छ। शनिबार उनले भारतको मुम्बईमा रहेको आफ्नो घरमा अन्तिम श्वास फेरेका हुन्।
सन् ९० को दशकमा आफ्नो अभिनयका कारण मानिसको मन जितेका उनको लामो समयदेखि आर्थिक स्थिति ठीक थिएन। उनले लामो समयदेखि कुनै पनि फिल्म साइन गरेका थिएनन्। त्यस कारण उनी १८ वर्षदेखि आर्थिक संकटको सामना गरिरहेका थिए। हालै उनले गोविन्दाको फिल्म रंगिला राजाबाट कमब्याक गरेका थिए। उनले सहिन्सा, खुदा, मजबुर, स्वर्ग, विजेता, कुरुक्षेत्र जस्ता फिल्ममा अभिनय गरेका थिए।

प्रतिक्रिया दिनुहोस्