भ्रष्टाचार विकासको बाधक: राष्ट्रपति भण्डारी



काठमाडौं, (नेस)
राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार विकासको बाधक भएको बताउनुभएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औं स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने उहाँले भन्नुभयो– ‘भ्रष्टाचार मुलुकको विकासको बाधक भएकाले यसलाई छिटोभन्दा छिटो निर्मुल पार्नुपर्छ, भ्रष्टाचारविरोधी महाअभियानमा सहभागी हुन सबैलाई आ≈वान गर्दछु। किनकि भ्रष्टाचारले अपूरणीय क्षति निम्त्याउँछ। त्यसकारण भ्रष्टाचार हुनुपूर्व नै भ्रष्टाचार हुन नदिनेतर्फ अग्रसर हुनुपर्दछ।’

सोही कार्यक्रममा भ्रष्टाचार नियन्त्रण र निर्मुल गर्नु आवश्यक रहेको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले यसमा सहयोग गर्न सबैसँग अनुरोध गर्नुभयो। उहाँले भ्रष्टाचारले मुलुकलाई लज्जाजनक स्थिति हुन दिन नहुने तर्क राख्नुभयो। आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले आयोग भ्रष्टाचारविरुद्ध निर्मम ढंगले लाग्ने धारणा राख्नुभयो। कार्यक्रममा आयोगका उत्कृष्ट अनुसन्धानकर्ता र उत्कृष्ट अख्तियार सेवा पुरस्कारसमेत वितरण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्