सम्झौता विनाको ब्रेजिक्टले ६ लाख रोजगारी गुम्न सक्ने विज्ञको चेतावनी



फ्रयाङ्कफर्ट ।
युरोपेली संघबाट कुनै सम्झौता बिना बेलायत बाहिरिने निर्णय भएमा लाखौँ रोजगारी गुम्न सक्ने एक अध्ययनले देखाएको छ ।

अध्ययन प्रतिवेदनका अनुसार विश्वभरीबाट झण्डै छ लाख रोजगारी सङ्कटमा पर्नसक्ने देखिएको छ ।

सोमबार सार्वजनिक गरिएको अध्ययन प्रतिवेदनले विना सम्झौता युरोपेलीसँगबाट बेलायत बाहिरिएमा सबैभन्दा धेरै जर्मनीको रोजगारी प्रभावित हुने जनाएको छ ।

जर्मनीको पूर्वी क्षेत्रमा पर्ने हाल्लेमा रहेको आइडब्लुएच इन्स्टिच्युटका अध्ययनकर्ताहरुले यस्तो निस्कर्ष निकालेका हुन् ।

उनीहरुका अनुसार युरोपको सवैभन्दा ठूलो अर्थतन्त्र भएको जर्मनीमा एक लाख तीन हजार रोजगारीलाई चुनौती हुनेछ भने दोस्रोमा फ्रान्सको ५० हजार रोजगारी खतरामा पर्नेछ ।

यसले युरोपेली मुलुकहरुमा मात्रै नभई अन्य मुलुकहरुमा पनि असर पर्ने अर्थशास्त्रीहरुको अध्ययनले देखाएको छ ।

उनीहरूले चीनका ६० हजार र जापानका तीन हजार जनाको रोजगारीमा पनि समस्या पर्न सक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्