अंशबन्डा मुद्दाका प्रतिवादी ३६ वर्षपछि पक्राउ



स्याङ्जा ।
कालीगण्डकी गाउँपालिका–५ बस्ने ७५ वर्षीय झिल्लुप्रसाद न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत स्याङ्जाले अंशबन्डा मुद्दामा ३९ साल साउन १७ गते पाँच हजार २०२ रुपैयाँ ७५ पैसा जरिवाना तोकेको थियो ।

जरिवाना नतिरेपछि अदालतले २ वर्ष कैद सजाय तोकेकामा फरार रहेका न्यौपानेलाई प्रहरीले आइतबार पक्राउ गरी सजाय भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो । न्यौपानेविरुद्ध जिल्ला अदालत स्याङ्जामा ३३ साल पुस २३ गते मुद्दा दर्ता भएको थियो ।
रासस

प्रतिक्रिया दिनुहोस्