मानव अधिकार समितिद्धारा ५७ विधेयक पारित



काठमाडौँ ।
कानून, न्याय तथा मानव अधिकार समितिले केही नेपाली ऐन संशोधन गर्न बनेका ५७ विधेयक सर्वसम्मत पारित गरेको छ ।

समितिको आज बसेको बैठकले सो विधेयकहरुमा दफावार छलफल गरी सर्वसम्मत रुपमा पारित गरेको समितिका सभापति कृष्णभक्त पोखरेलले जानकारी दिनुभयो । समितिले केही नेपाल ऐन संशोधनअन्तर्गतका नेपालका संविधान अनुकूल बनाउनुपर्ने कानून आगामी फागुन २० गतेभित्र पारित गरिसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार सो विधेयकहरु छलफल गरेर पारित गरेको हो ।

समितिले यसअघि संविधान अनुकूल बनाउनुपर्ने १०५ विधेयक पारित गरिसकेको छ भने आज ५७ वटा विधेयक सर्वसम्मत रुपमा पारित गरेको हो । कानून निर्माण गर्नुपर्ने सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवलाई बेलाएर समितिले दफावार छलफल गरेको थियो ।
रासस

प्रतिक्रिया दिनुहोस्