जोखिमयुक्त सडकखण्ड  सिद्धबाबा क्षेत्रमा भौगर्विक सर्भे शुरू



कविराज नेपाल, पाल्पा ।
 संभवत हिउद र वर्षात दुवै याममा यस क्षेत्रका निम्ति जोखिमयुक्त र ज्यानमारा वाटोको उपमा पाएको वुटवल तानसेन खण्डको सिद्धवावा क्षेत्रमा जोखिमयुक्त पहिरो नियन्त्रणको प्रयास स्वरुप फेरी नया परिक्षण भएको छ ।
 सिद्धबाबा क्षेत्रमा सुरूङ मार्ग बनाउनका लागि भौगर्विक सर्भे शुरू भएको छ ।

 बर्षेनी करिव  १५ , २० जनाको ज्यान लिदै आएको सिद्धबाबा आसपासको पहिरो नियन्त्रणका लागि यस अघि विभिन्न विकल्पहरु प्रस्तुत भएकोमा  भौगर्भिक सर्भे गरिएको थियो । यस अघि नै यहा बाटो मजवुत वनाउने देखि लिएर बाटो किनारामा वलियो सर्पोट दिने भित्तामा  वलियो जालि लगाउने (रकनेट) लगायतका नमूना  प्रविधीको   परिक्षण भै सकेका छन । तर ति सवै परिक्षणहरु सफल हुन सकेनन ।

 तानसेन वुटवल खण्डको सिद्धबाबा देखि दोभानसम्म ३ किलोमिटर सडक  चट्टाने पहिरोका कारण जोखमपूर्ण बन्दै गएपछि यसको नियन्त्रणको प्रयास भैरहेका हुन ।  माथिबाट थाहै नदिइ खसेको चटटाने पहिरो सुरक्षिततरिकाले रोक्ननमुना स्वरुप‘रक नेट’ (जाली) प्रविधीको जडान भएकोमा त्यो प्रभावकारी हुन सकेन र त्यस पछि वैकल्पिक मार्ग लगायतका कुरा पनि वेलावेलामा भैरहेकै छन ।
बर्षेनी कैयोको मृत्यु, घाइते र अंगभंग समेत वनाउने भएकाले यस सडक खण्डलाई मृत्यु मार्गको रूपमा चिनिन्छ ।
 पछिल्लो पटक गएको तीनदिन देखि यहा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुरूङ मार्ग बनाउन पूर्व ‘जियोलोजिकल’ सर्भे थालेको हो ।

गएको सुक्रवार देखि दिउसोको समयमा विभिन्न समयमा पटकपटक गरि करिव दैनिक चारघण्टा यस मार्गमा कुनै पनि सवारी साधनलाई चल्न नदिइ वाटो नै अवरुद्ध पारेर जियोलोजिकल सर्भे गरिएको छ ।  चट्टानको परीक्षण प्लानेट नेपालले गरिरहेको छ । यो कार्य मंगलवारसम्म हुने पूर्व सूचना छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने तल्लो शिद्धबाबादेखि दोभानसम्म झण्डै ३ किलोमिटर सडक अति जोमिखपूर्ण छ । शिद्धबाबा क्षेत्रमा सरकारले सुरूङ मार्ग बनाउने बताउँदै आएको थियो । सोही कामको पहिलो चरण त्यहाँको चट्टान र भौगोलिक अवस्थाको काम थालिएको हो ।

प्लानेट टेस्ट प्रालिका जियोटेक्निकल इन्जिनियर दिवाकर ढकाल ६ ठाउँमा ड्रील गरेर चट्टान निकालिएको त्यसको अवस्था परीक्षण गरिएको बताए ।  ‘शुक्रवारदेखि अध्ययन शुरू गरिएको हो । चट्टानमा प्याल पारेर १ सय १५ मिटर भित्रसम्मको अवस्थाको परीक्षण गरिरहेका छौं । भाइब्रेसन दिएर चट्टानको क्षमता परीक्षण गर्ने काम पनि गरिरहेको जानकारी उनले दिए ।

अध्ययनका लागि १५ जना टोलीले काम गरिरहेको छ । त्यहाँको नमूना स्वीजरल्याण्ड लागिने र त्यहाँ अध्ययन भएपछि मात्र सुरूङ मार्गका लागि त्यहाँको भौगोलिक अवस्था उपयुक्त छ वा छैन जानकारी हुनेछ । हालसम्मको करीब ८५ प्रतिशत अध्ययनबाट उक्त क्षेत्रको जमिनमा डेढ मिटर गहिराइसम्म माटो तथा त्यसभन्दा तल ढुङगा र माटोको  मिश्रण भेटिएको छ ।

अहिले भइरहेको काम पनि स्विस सरकार विकास सहयोगमार्फत् सुरुङ मार्ग निर्माणको काम भएको हो । सडकको व्यवस्थापनको लागि प्रदेश सरकारले पनि यस वर्ष १० करोड रूपैयाँ विनियोजन गरेको छ । संघीय सरकारले सिद्धबाबाको सडक व्यवस्थित गर्नका लागि ५० लाख बजेट विनियोजन गरेको छ । चट्टान परीक्षणपछि गुरूयोजना निर्माणको काम हुनेछ ।
प्रारम्भिक नतिजामा चट्टान कडा खालको भेटिएकाले सुरुङ मार्ग सम्भव हुने बताइएको छ । यसअघि भएको प्रारम्भिक अध्ययनमा सुरुङसहित रकनेट, रकसेट, हाफ टनेलसहित ६ वटा बिकल्प दिइएको थियो । संघीय सरकारले सुरुङ मार्गलाई पहिलो प्राथमिकतामा राखेर गुरूयोजना थालेको हो । स्वीस सरकारले गुरुयोजना निर्माणमा सहयोग गरेको छ ।

 पाल्पाको सदरमुकाम तानसेन सहित छिमेकी जिल्ला रुपन्देही, गुल्मी,स्याङजा, वाग्लुङ्ग, पर्वत, म्याग्दी, कास्की, अर्घाखाँची समेतले प्रयोग गर्ने असुरक्षित मार्गका रुपमा परिचित यस सडक खण्डको सीमित क्षेत्रको दुर्घटनाको संभावनलाई मध्यनजर गरि थालिएको यो प्रयास सहहनीय छ तथापि यसले के कसरी कार्यान्वयनको रुप लिने हो त्यो भने प्रतिक्षाकै विषय भए पनि सरोकारवालाहरुको भनाइमा हिउद भित्रैमा ठोस निर्णय गरिनु पर्ने देखिन्छ । जसले गर्दा केही वर्ष भित्रै ज्यानमारा सडकको उपमा हटेर यस क्षेत्रका जनताले राहतको अनुभूति गर्ने अवस्था सिर्जना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्