ललितपुरको एक कार्पेट गोदाममा आगलागी



नेपाल समाचारपत्र, कठमाडौँ ।
ललितपुर नख्खुको बीएनआरओ ट्रेडर्सको गोदाममा आगलागी भएको छ ।

सोमबार दिउँसो १ः१० बजे शुरु भएको आगो अहिले पूर्ण रुपमा नियन्त्रणमा आएको छ ।

आगलागीलाई नियन्त्रणमा लिन काठमाडौं र ललितपुर महानगरपालिकासहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको दमकलको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ ।

ट्रेडर्सका सञ्चालकले करिब ४ करोड रुपैयाँ क्षति भएको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्