राखीको अर्को काण्ड



बलिउडमा ड्रामा क्विनका नामले चर्चिच नायिका राखी सावन्त फेरि एकपटक सिन्दुर काण्डको कारण चर्चामा आएकी छिन्।

केही न केही कुरालाई लिएर चर्चामा आउन रुचाउने राखीका लागि भने यसले फाइदा नै पुगेको छ। उनी हालै भारतको उत्तर प्रदेशमा रहेको पव्रयागराजमा चलिरहेको कुम्भ मेलामा स्नानका लागि पुगेकी थिइन्। उक्त समय उनी सोह्र शृंगारका साथमा सिन्दुर लगाएर गएकी थिइन्। मानिसहरूले देखेपछि सबैजना चकित परे। उनले सामाजिक सञ्जालमा राखेको फोटो पनि भाइरल भएपछि उनलाई मानिसहरूले कहिले विवाह गरेको भन्ने प्रश्न गर्न थालेका छन्।

मिडियाको प्रश्नमा उनले आफू अविवाहित भएको तर मेलामा पूरा परम्परागत भेषमा प्राथनाका लागि गएको बताएकी छिन्। ‘मलाई छिट्टै रिस उठ्छ। रिस नउठोस् भनेर गंगा मातास“ग प्राथना गर्न चाहन्थें’ –उनले भनेकी छिन्। उनको सिन्दुर लगाएको फोटो सामाजिक संजालमा भाइरल भएपछि उनलाई मानिसहरूले विवाह र हिन्दू संस्कारलाई मजाक बनाएको जस्ता प्रतिक्रिया पनि दिएका छन्।

प्रतिक्रिया दिनुहोस्