७७ वटा विदेशी कम्पनी कालो सूचीमा



काठमाडौँ । वैदेशिक रोजगार विभागले ७७ वटा विदेशी कम्पनीलाई कालो सूचीमा राखेको छ ।

कालोसूचिमा परेका कम्पनीमा कामदार पठाउन समेत रोक लगाएको छ । विभागले कामदारलाई सम्झौताअनुसार सेवासुविधा नदिएको भन्दै परेको उजुरी र म्यानपावर व्यवसायीको आग्रहमा ७७ वटा कम्पनीलाई कालो सूचीमा राखेको विभागका निर्देशक एवम सूचना अधिकारी भोलानाथ गुरागाईले बताए ।

विभागका अनुसार कालोसूचीमा पर्नेमा सवैभन्दा बढी मलेसियाका ५२, यूएईका ६, साउदी अरबका ५ र कतारका ४ गरी ७७ वटा कम्पनी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्