टर्कीद्वारा यातना गृह बन्द गर्न चीनलाई अनुरोध



इस्तानवुल(एजेन्सी)
तुर्केली सरकारले आइतवार चीनसंग चीनको अल्पसंख्यक मुश्लिम समदाय उइघुरहरु लाई थुन्न स्थापना गरिएको यातना शिविर बन्द गर्न आब्हान गरेको छ । सो समुदायका एकजना लोकप्रिय संगीतकारको शिविरमा शंकास्पद मृत्यु भएको सार्वजनिक भएपछि टर्कीले चीनसँग यो अनुरोध गरेको हो ।

ति चर्चित संगीतकार अब्दुर रहीम हेयित चीनको शिनजियाँग क्षेत्र स्थित शिविरमा विगत आठ वर्ष देखि कारावास सजाय भोगिरहेका थिए । बेइजिङमा संगीतको शिक्षा लिएका हेयीत एक विशेष बाद्ययन्त्र दुतारका लोकप्रिय वाधक थिए ।

एक समय उनी चीनको राष्ट्रिय संगीत समूहको सदस्य पनि रहेका थिए ।
आफ्ना पूर्वजहरुको सम्झना गर्दै एक गीतको प्रस्तुति दिएपछि उनलाई हिरासतमा लिएको थियो । उक्त गीतमा उइघुर समुदायका युवाहरुलाई आफ्ना पूर्खाको त्यागको सम्मान गर्न आह्वान गरिएको थियो ।

शिनजियाङ क्षेत्रमा मात्र करिब दश लाख उइघुर मुसलमानलाई हिरासतमा राखिएको अनुमान गरिएको छ । उइघुरहरु चीनको शिनजियाङ प्रान्तको पश्चिमी क्षेत्रमा बसोबास गर्ने चीनका अल्पसंख्यक मुसलमान हुन् । दक्षिणी चीनमा रहेको

शिनजियाङ चीनको एक स्वायत्त क्षेत्र हो ।
टर्कीको विदेश मन्त्रालयद्वारा जारी गरिएको एक विज्ञप्तिमा हिरासतमा राखिएका मानिसहरुमाथि चीन सरकारले निर्मम यातना दिँदै आएको दावी गरिएको छ । तर चीनले भने सो कुनै यातना शिविर नभएर पुनर्शिक्षा केन्द भएको दावी गर्दै आएको छ ।

तुर्केली मूल भएकाले उइघुरहरुका भाषा तथा अन्य संस्कृति टर्र्कीका जनतासँग निकै मिल्दोजुल्दो रहेको छ ।

केही वर्षअघि त्यो क्षेत्रका केही मानिसहरुको संलग्नतामा चीनका प्रमुख सहरहरुमा आतंककारी आक्रमण भएयता चीन सरकारले यो समुदायमाथि निक्कै कडा निगरानी राख्दै आएको छ ।

यस समुदायको धार्मिक स्वतन्त्रतामाथि चीनले बन्देज लगाएको आरोप
अन्तर्राष्ट्रिय राजनीतक विशलेषकहरुले लगाएका छन् । टर्कीका विदेश मन्त्रालयका प्रवक्ता हामी अकसायँले भनेका छन्, ‘२१ औं शताब्दीमा पनि हिटलरको नाजी शासनकालमा जस्तै ‘यातना शिविर’ संचालित छ ।

उइघुरहरु भइरहेको चिनिया प्रशासनको कार्य मानवताको लागि लज्जाको विषय बनेको छ । साथै तिनीहरुको राजनीतिक रुपमा पनि व्रेनवास गर्ने काम भइरहेको छ ।

यसैबिच टर्कीले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरससँग चीनमा जारी रहेको यस मानवीय आतंकको अन्त्यका लागि प्रभावकारी कदम उठाउन पनि आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्