हिटलरका पेन्टिंग लिलाम हुन सकेनन्



वर्लिन,(एजेन्सी)
तानाशाह नाजी नेता एडोल्फ हिटलरले तयार पारेको भनिएका पाँच वटा पेन्टिंग जर्मनीमा आयोजना गरिएको लिलाममा बिक्रि हुन नसकेको बुझिएको छ । वेइडर लिलाम गृहले ति वाटरकलर पेन्टिंकको मुल्य ५१ हजार अमेरिकी डलरबाट शुरु गरेको थियो ।

कुनै समय हिटलरको विशल ¥याली आयोजनाका लागि कुख्यात जर्मन शहर नुरेमवर्गमा सो लिलामको आयोजना गरिएको हो । सोही शहरमा दोश्रो विश्व युद्धपछि नाजीहरुमाथि युद्ध अपराधका लागि मुद्धा चलाइएको थियो ।
ति पेन्टिंगहरु नक्कली भएको निराधार हल्ला चलेकाले लिलाम प्रभावित हुन पुगेको नुरेमवर्गका मेयर उल्रिच मालीले पत्रकारहरुलाई बताएका छन् । सो लिलाममा हिटलरले प्रयोग गरेका गमला र स्वस्तिक चिन्ह रहेको मेच लगायतका वस्तुहरु पनि राखिएका थिए ।

हिटलरको सन् १९३३ देखि १९४५ सम्मको शासनकालमा नाजी जर्मनीले दोश्रो विश्व युद्ध शुरु गरेको थियो । नाजीको अम नरसंहार नीति अनुरुप करिव ६० लाख यहुदी र दशौं लाख अन्य सर्वसाधारण र योद्धा मारिएका थिए । जर्मनीको कानुन अनुसार नाजीको प्रतिकहरुको प्रदर्शन प्रतिवन्धित छ ।

प्रतिक्रिया दिनुहोस्