सेलमा किनेको औंठीले करोडपति बनायो



वासिंगटन ।
३० बर्ष अगाडी एक महिलाले एउटा औंठी किनेकी थिइन् । त्यतिबेला कुनै दिन त्यही औंठीले नै उनी करोडपति बन्ने छ भन्ने उनलाई थाहा थिएन । वास्तवमा डेब्रा नामकी ती महिलाले एक सेलबाट १० पाउन्डमा उक्त औंठी किनेकी थिइन । काँचको औंठी ठानेर उनले १५ बर्ष देखि लगाएकी पनि थिइनन् तर आवश्यक परेर जब उनी त्यसलाई बेच्न गइन, त्यतिबेला थाहा भयो, त्यो २६ दशमलव २७ क्यारेट हिराको औंठी रहेछ । लिलाममा त्यसको मुल्य ६ लाख ५६ हजार ७ सय ५० पाउन्डसम्म पुग्यो ।

डेब्राकी आमासँग एक ठगले पैसा खाएक थिए त्यसपछि उनी पैसाको आवश्यक भएर औंठी बेच्न गएकी थिइन् । उनले भनिन, यो औंठी केही डलरमा विक्री होला र मरो काम चल्नेछ भन्ने मलाई लागेथ्यो । गहना पारखीले अत्यन्त आश्चर्य मानी सोधे, थाहा छ यो के हो? यो हिरा हो । म यति खुसी भएँ की मलाई थाहा छैन त्यसलाई कसरी ब्यक्त गरुँ ।

औंठीको मुल्य थाहा भएपछि डेब्राले त्यसलाई लिलाम गर्ने निर्णय गरिन् । लिलामको मुल्य र कर तिरेपछि डेब्राले करिब ६० लाख डलर प्राप्त गरेकी छिन् । उनी आफनो घरमा करिब २० बच्चाको रेखदेख पनि गर्छिन् । उनले भनिन् , यो हाम्रो राम्रो कामको फल हो ।

प्रतिक्रिया दिनुहोस्