गुआइदोको प्रतिवद्धता



काराकास,(एजेन्सी)
भेनेजुयलाका विपक्षी नेता हुँवा गुआइदोले आइतवार सरकारको व्यापक अवरोध वावजुद पनि मानविय उद्धार सामग्री देशमा भित्राउने मार्गहरु खोलेरै छाड्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

गत महिना आफुलाई स्वयमले अन्तरिम राष्ट्रपति घोषित गरेका उनले स्वयमसेवकहरुलाई राहत सामग्री वितरणमा सहयोग प्रदान गर्न आब्हान गरेका छन् । उनले आगामी साता आफ्ना योजनाहरु तयार हुने पनि बताएका छन् । सरकारी टेलिभिजन फुटेजमा सेनाले कोलम्विियाको सिमा क्षेत्रमा रहेको एक प्रमुख पुलमा अवराध पु¥याइरहेको देखिन्छ । गआइदोलाई अमेरिका र युरोपेली राष्ट्रहरुले समर्थन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्