भ्याली पब्लिकलाई दोहोरो उपाधि



 

काठमाडौं, (नेस)

भ्याली पब्लिकले दोश्रो भद्रकाली कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार दोहोरो उपाधि जितेको छ ।

हात्तीगौडास्थित आयोजक भद्रकाली स्कुलको कोर्टमा भएको ब्वाइज फाइनलमा भ्याली पब्लिकले बिएनएलाई २३–१७ ले पराजित ग¥यो । विजेता टोलीका साजन गुरुङले १५ अंक जोडे । गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले टीआईएलाई सुजु गुरुङको ९ अंकको सहयोगमा २३–१८ ले हरायो ।

ब्वाइज र गल्र्समा भ्यालीका सुमन चापागाईं र सुजु गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । भ्यालीकाद्वय साजन गुरुङ ब्वाइज तथा सुमिना तामाङ गल्र्समा उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । ब्वाइजमा बिएनएका सिसम अधिकारी तथा गल्र्समा भ्याली पब्लिककी कञ्चन मगर प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने । सिसमले ७५ तथा कञ्चनले ४२ अंक जोडे ।

यसैगरी भद्रकालीका बास्केटबल प्रशिक्षक किशोर थपलिया २० हजार नगदसहित सम्मानित भएका छन् । किशोरलाई उनको कामको मूल्यांकन गर्दै भद्रकालीका संस्थापक निर्देशक कृष्णप्रसाद अधिकारीले स्कुलको तर्फबाट १० हजार नगद प्रदान गरे । त्यस्तै भद्रकालीकी को–फाउन्डर सुनिता अधिकारी तथा प्रतियोगिता संयोजक पूर्ण न्यौपानेले व्यक्तिगत रुपमा नगद समान ५–५ हजार रुपैयाँ किशोरलाई प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस्