रेडिअन्ट फाइनलमा



 

काठमाडौं, (नेस)

रेडिअन्ट पब्लिक प्रथम न्यु भिजन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ आइतबार फाइनलमा प्रवेश गरेको छ ।

दोश्रो सेमिफाइनलमा रेडिअन्टले ग्रामरलाई ६६–६४ ले पराजित गर्दै नेरिकसंग फाइनल भेट पक्का ग¥यो । रेडिअन्टका उपेन्द्र बस्नेतले २८ अंक योगदान गरे । सिनियर गल्र्समा प्रजिला ढकालको ४ अंक सहयोगमा जेनिअमले रेडिअन्टलाई ९–७ ले हराउदै फाइनलमा स्थान सुरक्षित ग¥यो ।

उपाधिका लागि जेनिअमले आयोजक न्यु भिजन एकेडेमीको सामना गर्नेछ । जुनियर ब्वाइजमा रेडिअन्ट र नेरिकले उपाधि भिडन्त पक्का गरिसकेका छन् । फाइनल सोमबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्