ऐतिहासिक सरकार



सरकारले यही साता पहिलो एनिभर्सरी मनाउँदैछ । विगतमा धरमर धरमर गर्दै ९÷१० महिनाका सरकार गठन हुने मुलुकले वर्षौपछि त्यो भन्दा लामो आयु भएको सरकार पाएको छ । त्यसैले अहिलेको सरकारले लामो आयुको इतिहास रचेको छ । त्यसैले खेलाची नठानियोस यो सरकार चानेचुने होइन ।

दुई तिहाई बहुमतको सरकार चानेचुने होला र भन्या ? सरकारको कार्यशैली देखेर विश्व जगत नै चकित भएको पीएम ओलीको तर्क बाक्लै सुनिन्छ । सरकार गठन हुँदा ताका उपप्रधानमन्त्री नराख्ने ओलीको प्रतिवद्धता मुखबाट फुत्किया केही सातापनि नवित्तै तोडिएकाले होला विदेशी त ऊ बेलै चकित भएका थिए ।

यो वीचमा बालुवाटारमा पटक–पटक केक काटियो, ओली बंशको गोठधुप त्यतै मनाइयो । हिउँदयाम अझै बाँकी भएकाले कुनै समुहको वनभोज केही गरी उतै भयो छक्क नपरे हुन्छ । एक वर्षभित्रै के के भए के के, सरकारले नगर्ने भन्या केही छैन, सबै गर्छु र हुन्छ हुन्छ मात्रै भन्या छ । प्रतिपक्षीले सरकारको एक वर्षे अवधि निरर्थक बनेको, सरकार भ्रष्ट भएको दावी गरिरा बेला सत्ता निकटकाहरु सरकारलाई ह्याप्पी एनिभर्सरी भन्न तछाड मछाड गरिरा छन् ।

सरकारले के त्यस्तो काम गरेछ, आम नेपालीले पानी जहाज र रेल गाडी चडेर प्रगति नियाल्न मात्रै बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्