डफिन्सलाई मनकामना केबलकारकपको उपाधि



विजय नेपाली, पोखरा
विभागीय टोली सशस्त्र प्रहरी बल एपीएफलाइ हराउदै पाहुना टोली क्यामरुनको डफिन्स टिम फेमिली च्याम्पियन बन्न सफल भएको छ ।
पोखरा रंगशाला फुटबल मैदानमा जारी मनकामना केबलकार कपको फाइनलमा एपिएफलाइ १–० गोलले हराउदै डफिन्सले उपाधी चुमेको हो । विजेता डफिन्सले नगद सात लाख ५५ रुपैया हात पारे भने उपविजेता एपीएफले चार लाख ५ हजार रुपैयाँमा चित्त बुझायो ।

डफिन्सको जितमा खेलको ५४ औ मिनेटमा यानिक ओवानाले गरेको गोल नै निर्णायक साबित बन्यो । डफिन्सका अर्मेल अहन्दाले गरेको प्रहारलाई एपिएफका डिफेन्स सन्तोष कट्वालले क्लियर गर्न खोज्दा फुत्किएको बललाइ आर्मेलले प्रहार गर्दै जाली चुमाएका थिए ।

बल पोजिसन राख्न नसक्दा हार व्यहोर्न बाध्य भएको एपिएफका प्रशिक्षक राजेन्द्र तामाङ्गले प्रतिक्रिया दिए । “ उनिहरु शारीरिक रुपमा पनि बलिया थिए, खेलाडिले अवसर सृजना गर्न सकेनन“–उनले भने ।

खेलको १३ औ मिनेटमा डफिन्सका यानिकले गरेको प्रहार क्रसबार नजिकै बाट बाहिरिन पुग्यो । पहिलो हाफमा खासै प्रभावकारी खेल खेल्न नसकेको दुबै टिमले दोस्रो हाफमा भने केही राम्रा अवसरहरु सृजना गरेका थिए । दोस्रो हाफमा केही सुधारिएको खेल खेलेको डफिन्सले पाएको अवसरलाइ सदुपयोग गर्दा जित निकालेको हो । खेलको ७६ औ मिनेटमा डफिन्सका डिडर टिनाले डिबक्स नजिकै बाट गरेको प्रहार एपीएफका गोलरक्षक राजु नगरकोटिले पन्च गर्दै बचाउ गरे । निकै कमजोर खेल खेलेको एपीएफले गतिलो अवसर भने सृजना गर्न सकेन ।

सर्वोत्कृष्ट खेलाडी बनेका एपीएफका गोलरक्षक राजु नगरकोटीले मोटरसाइकल हात पारे । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक राजु एपीएफकै राजु नगरकोटी घोषित भए, उत्कृष्ट मिडफिल्डर मनाङ मर्स्याङ्ग्दी क्लबका हेमन गुरुङ्ग, उत्कृष्ट स्ट्राइकर डफिन्सका यानिक ओवाना, उत्कृष्ट डिफेन्स एपिएफकै रमेश ढङोल र उत्कृष्ट प्रशिक्षक एपिएफकै राजु तामाङ हुदै समान २५(२५ हजार रुपैयाको साथै ट्रफी हात पारे ।

त्यस्तै अनुसासित टिम रिस्सो विश्वविद्यालयलाई दिइयो । सोही क्रममा पत्रकारिताको माध्यमबाट पोखराको फुटबल खेललाइ विकास गर्न महत्त्वपूर्ण भुमिका खेलेको भन्दै फोटा पत्रकार उमेश पुनलाई दोसल्ला, प्रमाणपत्र र २५ हजार रुपैयाले सम्मान गरिएको हो । फुटबलको विकास गर्न महत्वपूर्ण भुमिका खेलेको भन्दै पुर्व खेलाडी उत्तम गुरुङललाइ स्कुटर दोसल्ला प्रमाणपत्रले सम्मान गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्