टेलिकमद्वारा सरसफाई सामग्री हस्तान्तरण



 

काठमाडौं(नेस)

नेपाल टेलिकमले आफ्नो स्थापनाको १५ औं बार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शनिवार बागमती सरसफाइका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ ।

बागमती सफाइ महाअभियानको ३ सय औं हप्ता पुगेको अवसरमा मनोहरा दोभानमा आयोजित विशेष कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका प्रमुख आशीष घिमिरेलाई सफाइ सामग्री हस्तान्तरण गर्नुभयो । साथै कम्पनीले सो कार्यक्रमका लागि मञ्चको व्यवस्थापनसमेत गरेको थियो ।

सोही अवसरमा बागमती सफाइ महाअभियानलाई सफल बनाउन नेपाल टेलिकमले गरेको योगदान प्रति उच्च कदर गर्दै प्रशंसा पत्र प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि एवम् परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई सो प्रशंसा पत्र प्रदान गर्नु भएको थियो ।

सरसफाइ अभियानमा प्रयोग गर्नका लागि कम्पनीको लोगो अंकित १ सय २५ थान वाटरप्रुफ ट्रयाकसुट, ४ सय जोर गमबुट, १ सय थान फोहोर तान्ने सुइरो, ५० थान दाँते, ४ सय जोर बाक्लो पञ्जा, १ सय थान डोको÷थुन्से, ५ सय थान मास्क र ५ सय थान कम्पनीको लोगो अंकित क्याप उपलब्ध गराइएको छ ।

नेपाल टेलिकमले बागमती सफाइ महाअभियान शुरु भएको दोस्रो हप्ता देखि नै हरेक हप्ता समूहगत रुपमा आप्mना ग्राहकहरुलाई सफाइ अभियानमा संलग्न हुन कम्पनीको तर्फबाट निःशुल्क एसएमएस पे्रषित गर्दै आएको छ । २०७० जेठ ५ देखि हरेक हप्ता बागमती सफाइ महाअभियान सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्