नेप्से ओरालो लाग्ने क्रम जारी, करिब १२ अंकले घट्यो नेप्से



काठमाडौं(नेस)
साताको पहिलो दिन आईतबार पनि नेप्से परिसूचक घट्ने क्रम रोकिएन । सेयर बजार परिसूचक नेप्से १२ दशमलव शून्य ५ अंकले घटेको छ । कारोबार सुरु भए देखि नै घट्न थालेको बजार १ हजार १ सय २७ दशमलव ५३ विन्दुमा पुगेर बजार बन्द भएको छ । कारोबारमा आएका अधिकांश समूहको परिसूचक घटेपछि समग्र नेप्से परिसूचक पनि घटेको हो ।

आईतबार सेन्सेटिभ इन्डेक्स २ दशमलव ४० अंक घटेर २ सय ४० दशमलव २१ विन्दुमा समेटिएको छ । सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ७८ अंक र फ्लोट इन्डेक्स शून्य दशमलव ९ अंकले घटेको छ ।

आईतबार १ सय ६० कम्पनीको ७ लाख ८२ हजार ४ सय ७७ कित्ता सेयर ५ हजार ५ सय ९२ पटक खरिद बिक्री भयो । जसबाट २३ करोड ५१ लाख ९४ हजार ८ सय ८३ रुपियाँ परिचालन भयो ।

आईतबार कारोबारमा आएका समूहमध्ये जीवन बिमा समूहको परिसूचक सबैभन्दा धेरै १ सय ६० दशमलव २६ अंकले घटेको छ । बैकिङ्ग समुहको परिसूचक भने ६दशमलव ७२, विकास बैंक समूहको परिसूचक १४दशमलव ६५, जलविद्युत समूह परिसूचक २६ दशमलव १८ अंकले घटेको छ । त्यसैगरी वित्त कम्पनी समूहको परिसूचक ५ दशमलव ७२, निर्जीवन बिमा कम्पनी समूहको परिसूचक २दशमलव ०१, उत्पादन तथा प्रशोधन समूहको ५दशमलव ३५, अन्यको ५दशमलव ७३, लघुवित्तको १५दशमलव ७१ अंकले घटेको छ । तर, होटल समूहको परिसूचक ११ दशमलव ६८ अंकले बढेको छ । आईतबार माछापुच्छ«े बैकको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । बैंकको ६७ हजार ७ सय ०५ कित्ता सेयर १ करोड ४० लाख रुपियाँ बराबरको खरिद बिक्री भएको छ ।

त्यसैगरी अपर तामाकोशीको ५९ हजार ९सय ६० कित्ता सेयर १ करोड ३९ लाख रुपियाँ काराबोर भएको छ । नेपाल इन्भेष्टमेण्ट बैंकको १ करोड १० लाख, सिआईटीको ९८ लाख २३ हजार रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।

आईतबार विजया लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । सो दिन उक्त कम्पनीको सेयरमूल्य १२ अंकले बढेको छ । त्यसैगरी कालिका लघुवित्त वित्तीय सस्थाको ११, सोल्टी होटलको ३, भार्गव विकास बैकको २ अंकले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्