व्यर्थको भेनेजुएला चासो



 

विनोद नेपाल
विगत झन्डै दुई सातादेखि नेपाल–अमेरिका सम्बन्धको विषय चर्चामा छ । यसरी चर्चा हुनुको कारण हो नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको भेनेजुएला चासो र उनीद्वारा जारी वक्तव्य । यस विषयबारे भेनेजुएलाका सत्तारुढ र स्वघोषित राष्ट्रपति तथा त्यहाँका राजनीतिक नेतृत्वलाई कुनै जानकारी छ÷छैन, नेपालमा भने यसले निकै चर्चा पाएको छ ।

भेनेजुएलामा राष्ट्रपति निकोलस मदुरोका विरुद्ध उत्रेको जनलहर र त्यसको नेतृत्व गरिरहेका ३५ वर्षीय युवा जुआइन गुएडोले सडकबाटै आफूलाई त्यहाँको राष्ट्रपति घोषणा गरेपछि यस विषयले विश्वभर चर्चा पायो । त्यसै बीच संयुक्त राज्य अमेरिकाले स्वघोषित राष्ट्रपति गुएडोलाई समर्थन गरेपछि केही मुलुक यसको पक्ष र विपक्षमा देखिएकामा नेकपाका अध्यक्ष दाहालले मदुरो सरकारको पक्षमा वक्तव्य जारी गरेका थिए, जुन विवादमा प¥यो ।

दाहालको वक्तव्यप्रति अमेरिकाले चासो राख्यो । सोही अनुसार अमेरिकी दूतावासले सो सम्बन्धमा नेपाल सरकारको आधिकारिक धारणा माग ग¥यो । तत्पश्चात् परराष्ट्र मन्त्रालयले केही भाषिक परिमार्जनसहित ‘सरकारी धारणा’ सार्वजनिक गरेकोमा सो समेत विवादित वक्तव्यकै सामान्य परिमार्जित रुप भएको प्रतिक्रिया दिएको अमेरिकी दूतावासले त्यसप्रति पनि असन्तुष्टि जनाएको थियो । यसै कारण सरकारको एउटा कार्यक्रममा अमेरिकी राजदूत अनुपस्थित भई सहायकलाई पठाएको समाचार सार्वजनिक भएको थियो । यसपछि नेपालस्थित अमेरिकी राजदूतले परराष्ट्रमन्त्रीलाई भेटेका र अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनको ‘वन टु वन’ वार्ता भयो ।

भेनेजुएलाको राजनीतिक संकटलाई लिएर नेकपा अध्यक्ष पुष्पकमल दाहालले दिएको वक्तव्यले अमेरिकासँगको सम्बन्धमा खटपट मात्र नभई पार्टीभित्रै पनि किचलो उत्पन्न गराएको बुझ्न सकिन्छ । पार्टी अध्यक्षको हैसियतमा प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा दाहालद्वारा जारी वक्तव्यप्रतिको प्रधानमन्त्री ओलीको धारणाले यो प्रस्ट पारेको छ । दाहालको वक्तव्यका कारण अमेरिकासँगको सम्बन्ध प्रभावित हुने संकेतपछि प्रधानमन्त्री ओलीले दाहालको वक्तव्यलाई सच्याउन मात्र खोजेनन्, ‘जिब्रो चिप्लिएको’ रुपमा अथ्र्याए । ओलीले चाहिँ दाहालको वक्तव्यलाई ‘एउटा व्यक्तिको भनाइ’का रुपमा व्याख्या गरे । ‘आफ्नो अनुपस्थितिमा आएको भनिएको वक्तव्य पार्टीको नभई व्यक्तिको धारणा भएको’ भन्ने उनको आशय हो ।

वास्तवमा अमेरिका र भेनेजुएलाको विवादमा नेपाल मुछिनुपर्ने कुनै कारण नै थिएन । दाहालले जसरी हतारमा वक्तव्य जारी गरे त्यो अनावश्यक र अस्वाभाविक मात्र थिएन, केवल अमेरिकालाई चिढ्याउने मनसाय प्रेरित थियो भन्दा अत्युक्ति हुँदैन । कुनै किसिमको साइनो सम्बन्ध नभएको दक्षिण अमेरिकी मुलुकप्रतिको दाहालको चासो र गम्भीर खालको प्रतिक्रिया आफैंमा आश्चर्यनजक थियो ।

यतिमात्र नभई ओलीले आफ्नो अनुपस्थितिमा हतार गरेर वक्तव्य दिनुपर्ने कुनै आवश्यकता नै नभएको भन्ने आशयका अभिव्यक्ति पनि दिए ।
यसरी अघि बढेको घटनाक्रमपछि प्रधानमन्त्रीले अर्का अध्यक्ष दाहालको वक्तव्यलाई व्यक्तिगत धारणाको रुपमा व्याख्या गर्न पुगेका हुन् । वास्तवमा अमेरिका र भेनेजुएलाको विवादमा नेपाल मुछिनुपर्ने कुनै कारण नै थिएन । दाहालले जसरी हतारमा वक्तव्य जारी गरे त्यो अनावश्यक र अस्वाभाविक मात्र थिएन, केवल अमेरिकालाई चिढ्याउने मनसाय प्रेरित थियो भन्दा अत्युक्ति हुँदैन । कुनै किसिमको साइनो सम्बन्ध नभएको दक्षिण अमेरिकी मुलुकप्रतिको दाहालको चासो र गम्भीर खालको प्रतिक्रिया आफैंमा आश्चर्यनजक थियो ।

दाहालले माघ ११ गते भेनेजुएलाको राजनीतिक संकटबारे नेकपा अध्यक्षको हैसियतमा वक्तव्य जारी गर्दै अमेरिका र उसका पक्षधर राष्ट्रको हस्तक्षेप स्वीकार्य नहुने उल्लेख गरेका थिए । वक्तव्यमा भेनेजुएलामा ‘साम्राज्यवादी कु गर्न खोजिएको’ भन्दै दाहालले यस्ता कदमविरुद्ध एकजुट हुन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका थिए । दाहालले कुनै मुलुकले अर्को सार्वभौम मुलुकमाथि हस्तक्षेप नगरोस् भनेर राजनीतिक वक्तव्य दिएको उल्लेख गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले आफ्नो वक्तव्यको बचाउ गर्दै धारणा व्यक्त गरेका छन् । ‘प्रधानमन्त्रीको भनाइ आफूलाई थाहा नभएको’ भन्दै दाहालले सञ्चारकर्मीसँग आफ्नो वक्तव्यको बचाउ गरेका हुन् । अध्यक्ष दाहालले भेनेजुएलाबारे आफूले दिएको वक्तव्यप्रतिको अडान कायमै रहेको पनि स्पष्ट पारे । गत बिहीबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले स्वतन्त्र मुलुकलाई कसैले हस्तक्षेप गर्ने गरी बोल्न हुँदैन भन्ने वक्तव्य सही भएको तर्क गरेका हुन् । उनले भने– स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्रको राजनीतिक घटनाक्रममा बाहिरबाट कसैको हस्तक्षेप नहोस् भन्ने उद्देश्य राखेको र परराष्ट्रको विज्ञप्ति पनि सोही वक्तव्यकै आशयमा आएको बताएका हुन् ।

वक्तव्यमा कमजोरी भएको हो कि ? भनी पत्रकारले राखेको जिज्ञासामा दाहालले ‘प्रधानमन्त्रीसहितको सचिवालय बैठकले पनि हस्तक्षेपको विरोधमा वक्तव्य जारी गरेकोले अरु कुराले अर्थ नराख्ने’ बताएका हुन् । दाहालले आफूले जारी गरकोे विज्ञप्तिमा अडिग भएको भन्दै सरकार र पार्टीबाट जारी वक्तव्य आएको छ, त्यो नै आधिकारिक भएको समेत धारणा राखे । अर्को प्रसंगमा उनले पार्टी एकताको विषय फागुन महिनाको पहिलो साताभित्र टुंगिने बताए । उनले कार्यदलको बैठकले प्रतिवेदन टुंग्याउने र त्यसको आधारमा पार्टी एकताको काम सकिने बताए । पार्टी अध्यक्ष दाहालले सरकारले काम गरेको र सरकारका काम देखिइरहेको भन्दै सरकार गतिशील भएको पनि बताए । देशले युगान्तकारी परिवर्तन गरेको र आगामी १० वर्षभित्र देश विकासको नयाँ चरणमा जाने उनको भनाइ थियो ।

दाहालले माघ ११ गते भेनेजुएलाको राजनीतिक संकटबारे वक्तव्य जारी गर्दै अमेरिका र उसका पक्षधर राष्ट्रप्रति गम्भीर आरोप लगाएका थिए । सो विषयमा नेपालमा अमेरिकी राजदूतावासले सरकारसँग र अमेरिकामा त्यहाँ स्थित नेपाली राजदूतसँग धारणा माग तथा सोधपुछ गरेको थियो । त्यसबाट पनि अमेरिका सन्तुष्ट नभएपछि परराष्ट्रमन्त्री र प्रधानमन्त्रीसँग भेटघाटको चाँजोपाँजो मिलाइएको थियो । यसै बीच नेकपाको सचिवालय बैठकले यसबारे थप धारणा सार्वजनिक गरेको थियो, जसमा नरम भाषा प्रयोग गर्दै भेनेजुएलाको राजनीतिक संकट त्यहीँका जनताले समाधान गर्नुपर्ने आशय व्यक्त गरिएको थियो ।

प्रधानमन्त्री ओलीले कोही एकजना साथीले वक्तव्य दिनुभयो, यसले देश–देशबीचको सम्बन्ध बिग्रँदैन भन्दै आफू नेपालमै भएको भए त्यस्तो वक्तव्य नआउने बताएका थिए । अमेरिका हाम्रो दातृ राष्ट्र हो भन्दैमा जहाँ जे गरे पनि सहनु नहुने धारणा एकातर्फ छ भने अर्कोतर्फ सन्तुलित सम्बन्ध राख्नुपर्ने धारणा नेकपाभित्रै देखिएको छ । जिम्मेवार नेताको बोलीको वजन हुनुपर्छ, हल्काफुल्का टिप्पणी गर्नुहुँदैन । परिपक्वता देखाउनुपर्छ, अझ कूटनीतिक विषयमा त यसको संवेदनशीलतालाई बेवास्ता गरेर यत्तिकै लाउके बन्न खोजियो, कसैको नजिक वा कसैको टाढा हुन खोजियो भने त्यसले अप्ठेरो स्थिति सिर्जना गर्छ ।

यस सन्दर्भमा एकातिर नेकपा आफ्नो आधिकारिक धारणामा स्पष्ट हुनुपर्छ भने अर्कोतर्फ दुई दल मिलेर एक भएको र संयुक्त नेतृत्वमा चलिरहेको पार्टीभित्र अविश्वास, आशंका र अन्योलको अवस्थाले पार्टीभित्र गुट–उपगुट जन्मन सक्ने र पार्टी कमजोर हुने भएकाले पनि यस्ता विषयमा गम्भीरताका साथ सोचिनु जरुरी छ । दाहालले ‘आफूलाई फसाइयो’ भनेका र ओली पक्षले दाहालले सरकारलाई अप्ठेरोमा पार्न र सरकारप्रति नकारात्मक धारणा सिर्जना गर्नका लागि प्रधानमन्त्रीको अनुपस्थितिमा वक्तव्य जारी गरिएको भन्ने जस्ता चर्चा चलिरहँदा यस विषयमा पनि पार्टी स्पष्ट हुनु जरुरी छ ।

कतिपयले किन तर्सिए अध्यक्ष दाहाल ? कतै नेपालमा पनि यसको असर पर्ला भनेर त होइन ? यहाँ पनि सत्तारुढ दलका कामकाजलाई लिएर विरोध शुरु भएकै समयमा भेनेजुएलामा स्वघोषित राष्ट्रपतिले अन्तर्राष्ट्रिय समर्थन जुटाउँदै जाँदा त्यसैबाट झस्केका र तर्सेका पो हुन् कि ? आफू प्रधानमन्त्री बन्ने पालो नै नआउला भनेझैँ कतिपयले त्यस्ता प्रतिक्रिया पनि जनाएका छन् । तर एकीकरणकै विषय टुंगो लगाउन नसकेको दल जसको भविष्य कता जाने हो स्पष्ट छैन, जसको दुई तिहाइको दम्भले मुलुकलाई कुन दुर्घटना भोगाउने हो, आशंका बढ्न थालेको छ, उसले अन्तर्राष्ट्रिय कूटनीतिमा चासो राख्नु र शक्तिशाली राष्ट्र अमेरिकालाई जिस्क्याउनु, चिढ्याउनु, ‘नदुखेको टाउको डोरी लगाएर दुखाउनु’ भन्ने उखान चरितार्थ गर्नु मात्रै हो ।

जे होस्, प्रधानमन्त्री ओलीले अमेरिकी राजदूतलाई एक्लै भेटी अन्ततः अमेरिकासँगको बिग्रन लागेको सम्बन्धलाई सुधार्ने प्रयास गरेका छन् । चाहे त्यो उनले चाहेर होस् वा नचाहेर, स्वेच्छाले होस् वा दबाबमा परेर, त्यो उनको परिपक्वता र सकारात्मक कदम हो । कमजोरी हुन्छन्, सच्याउनुपर्छ । आगामी दिनमा त्यस खालका कमी–कमजोरी नदोहोरिऊन् भन्नेतर्फ सोच्नुपर्छ । बुझ्नै पर्ने कुराचाहिँ के हो भने, भेनेजुएला सन्दर्भमा विश्वको एउटा सार्वभौम स्वतन्त्र मुलुक भए पनि त्यो हामीसँग निकटको सम्बन्ध भएको मुलुक होइन भने अमेरिका हाम्रो सहयोगी र दाता हो । निश्चय नै ऊसँग शक्तिको दम्भ छ । एक्लो महाशक्तिको रुपमा विश्वलाई नै साम्राज्य ठान्ने उसले सबैतिर आफूलाई पु¥याउँछ । तर नेपाललाई अमेरिकासँग टाढिएर फाइदाभन्दा बेफाइदा नै धेरै हुन्छन् । यसैले अमेरिकासँगको सम्बन्ध बिगार्नेतर्फ लाग्नु नेपालको हितमा हुँदैन । आफू प्रत्यक्षरुपमा प्रभावित नहुने विषयमा वक्तव्य नै निकालेर अमेरिकाका कदमप्रति प्रतिक्रिया जनाउने कार्य वर्तमान सन्दर्भमा उचित होइन ।
अन्त्यमा, कूटनीतिक दृष्टिले पनि दाहालको वक्तव्य उचित होइन ।

कूटनीतिज्ञहरु असंलग्न परराष्ट्र नीति अपनाएको नेपालले किन हतार गरेर भेनेजुएलाका बारे बोल्यो ? भन्दै आश्चर्य व्यक्त गरिरहेका छन् । जेसुकै भए पनि दाहालको वक्तव्य कूटनीतिक अपरिपक्वता र हतारको परिणाम थियो । त्यसले उनलाई त विवादमा पारिदियो नै नेपाल–अमेरिका सम्बन्धमा समेत केही असर गर्न पुग्यो । यस्ता घटनाबाट शिक्षा लिई आगामी दिनमा हाम्रा नेताहरु र अझ आफूलाई राजनेताकै कोटीमा राख्न चाहने नेताहरुले संवेदनशील विषयमा प्रतिक्रिया जनाउनुअगाडि सम्बन्धित क्षेत्रका विज्ञहरुसँग परामर्श गर्ने र के गर्दा उपयुक्त हुन्छ सोही अनुसार मात्र अघि बढ्ने बानी बसाल्न सकेमा बेस हुनेछ । मुलुकको पूर्वप्रधानमन्त्री र सत्तारुढ दलका अध्यक्षको अभिव्यक्ति हल्काफुल्का हुनुहुँदैन । सस्ता टिकाटिप्पणी र आवेशमा जनाइने प्रतिक्रियाले आफ्नै उचाइ घटाउने भएकाले यस्ता विज्ञप्ति जारी गर्नुअघि नेताहरुले एकपटक गम्भीर भएर सोच्ने र कम बोल्नेतर्फ ध्यान दिन सकेमा बेस हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्