फागुनलाई रुमालै छ चिनो



रुमालै छ चिनो नामक फिल्म आगामी फागुन १० गते रिलिजमा आउने भएको छ। रिलिज नजिकि“दै जा“दा यसको पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा मुख्य भूमिकामा रहेका नायक सुशान्त कार्की र नायिका अप्सना थापालाई प्रस्तुत गरिएको छ।

दिनेश सिंह ठकुरीद्वारा निर्देशित फिल्म का“ठक्षेत्रका गायक रेशम थापाको लोकप्रिय गीत रुमालै छ चिनो नाम सापटी लिएर निर्माण गरिएको हो। ज्योति फिल्म्स्को ब्यानरमा बनेको फिल्ममा चन्द्रबहादुर खड्का, दीपक ढकाल र रामप्रसाद पाण्डेले सयुक्तरूपमा निर्माण गरेका हुन्। निर्देशक ठकुरीले यसअघि फिल्मको अर्जुन पोखरेल र अञ्जु पन्तको स्वर रहेको ए माया बोलको गीत सार्वजनिक गरिसकेका छन्।

विनोद सापकोटाले छायांकन र शिव थारूले सम्पादन गरेको फिल्ममा सुशान्त र अप्सनाको साथमा किशोर खतिवडा, सञ्चिता लुइ“टेल, रश्मी भट्ट, मिथिला शर्मा, सुरवीर पण्डित, लक्ष्मणविक्रम बस्नेत, सुरज महरा, सन्ध्या खड्कालगायतका कलाकारले अभिनय गरेका छन्। फिल्ममा रेशम थापाको कथा छ।

प्रतिक्रिया दिनुहोस्