मुसामा मानव किड्नीको विकास



टोक्यो (एजेन्सी)
जापानका सोधकर्ताहरुको एक टोलीले केही केही मुल कोशिकाबाट मुसामा किडनीको विकास गरेका छन् । यस सफलताले किड्नीको उत्पादन गरी किड्नी असफल भएका विरामीहरुमा प्रत्यारोपनमा प्रयोग गर्न सकिने अपेक्षा जगाएको छ । किड्नीे दाताको कमीको समस्याबाट यसले मुक्ती पाउने अनुमान गरिएको छ । नेचर कम्युनिकेसन जर्नलमा प्रकाशित हुने यस सम्बन्धि सोधमा यसको उल्लेख गरिएको छ ।

विकसित गरिएको नयाँ किड्नीले काम गर्न सक्ने देखिएको र यस विधिले कानुनी मान्यता पाएपछि पशुको सरीर भित्र किड्नी विकसित गर्न यसको प्रयोग गर्न सकिने सोधको नतिजाले देखाएकोछ । किड्नी रोगबाट पिडित रोगी अन्तिम अवस्थामा छ र उनलाई किड्नी प्रत्यारोपन एक मात्र विकल्प हो भने उसले आफनो बाँकी जीवन पनि जीउन पाउने सम्भावना बढेको छ ।

कयौं रोगी मदिरा प्रत्यारोपन गर्न पाइरहेका हुँदैनन्, किनभने विश्वमा किड्नी दाताहरुको अत्यन्तै अभाव छ । शोधकर्ताहरुले शरीर बाहिर स्वस्थ अंग विकशित गर्ने विधि तयार गर्ने दिशामा पनि काम गरिरहेका छन् । यो बिधिले मुसाको प्यान्क्रियाटिक तयार गर्न उनीहरुलाई आशावादी परिणाम प्राप्त भएको छ ।

जापानको नेसनल इन्स्टिच्युट फर फिजियोलोजिकल साइन्सेजका अनुसन्धानकर्ताहरुले यसको प्रयोग मानव किड्नी तयार गर्नमा गर्न सक्छ वा सक्दैन जाँच गर्ने फैसलामा पुगेको बताए । विश्वविद्यालयका हिराबायासले भने ( हाम्रो नतिजामा मानव किड्नी बनाउनमा इन्टरस्पेसिफिक ब्लास्टोसिस्ट कम्प्लिमेन्टेसन एक ब्यवहारिक विधि हो भन्ने पुष्टि गरेकोछ ।

प्रतिक्रिया दिनुहोस्