माइकल ज्याक्सन बाल यौन दुराचारको खुलासा



लन्डन (एजेन्सी)
माइकल ज्याक्सनका घर स्याहार गर्ने एक पुर्व कर्मचारीले पपस्टारको जिन्दगीका कालो पक्षबाट पर्दा उठाएका छन् । एड्रियन म्याकमेनुसले डेली मेललाई दिएको एक अन्तरवार्तामा माइकल मानसिक विकृतिको सिकार रहेको र उनीसँग बाल यौन शोषण गर्ने बानी भएको बताएकी छन् ।

विख्यात पप स्टार बच्चाहरुसँग सम्बन्ध बनाउने क्रममा भिडियो रिकर्डिंग पनि गर्थे र त्यसलाई आफनो पुस्तकालयमा राख्थे, म्याकमेनुसले दावी गरेकी छिन् । हाउसकिपिंगको काम गर्ने एड्रियन म्याकमेनुसले ती पपस्टारको घरमा ४ बर्ष काम गरेकी थिइन् ।

अन्तरवार्तामा उनले बताइन्, माइकलको आलिशान घरको जाकुजीबाट कयौं पटक मैले बच्चाहरु र उनका अन्डरवेयरहरु निकालेको छु । घर भित्र धेरै पटक मैले बच्चालाई बिना कपडा यताउता घुम्ने गरेको देखेको थिएँ ।

माइकलको घरमा एक समय कम उमेरका थुप्रै बालकहरु हुने गरेको ती महिलाले दावी गरेकी छिन् । उनले भनिन् , माइकलको ठुलो घरमा धेरै कोठा थिए र त्यहाँ उनले एक एक गरि बसिरहेका केटाहरुको हात चुम्थे र फेरी उनीहरुलाई कुनै कोठामा लिएर जान्थे । एक पटक उनले आफनो बेडरुममा नाँगा बच्चाहरुको तस्वीरले सजाएका थिए ।

माइकल ज्याक्सनको अनौथो ब्यवहारको उल्लेख गर्दै उनी साना केटाका लागि भुटुक्क हुने गरेको महिलाले बताइन् । साना केटाहरुसँग माइकल आफनो हरेक गतिविधि क्यामरामा रिकर्डिंग गर्नु पर्ने जस्ता सनक थियो । उनको घरमा धेरै क्यामरा थिए र क्यामरालाई चार्जिंगलाई लिएर माइकल अत्यन्त सचेत रहने गरेको उनले बताइन् ।

सन् १९९३ मा माइकल ज्याक्सनलाई बाल यौन शोषणको अभियोगमा दोषी ठहर्याइएको थियो । उक्त मुद्दामा उनले ठुलो रकम पिडित पक्षलाई मुआब्जाका स्वरुप दिनु परेको थियो ।

हाउस किपिंग महिलाका अनुसार माइकल ज्याक्सनका ब्यवहारमा अहिले पुरै विश्वले प्रश्न उठाइरहेको छ तर उनलाई सुरुमै सजाय दिइएको भए उनी सम्भवत जेलमा हुने र आज जीवितै हुन्थे ।

यसबीच टेलिभिजन च्यानल एचबीओले माइकल ज्याक्सनको बाल यौन शोषण सम्बन्धी वृत्तचित्र मार्च ३ र ४ मा रिलिज गर्ने घोषणा गरेको छ । उक्त बृत्तचित्रमा बाल्यवस्थामा माइकल ज्याक्सनबाट यौन शोषण भएको दावी गरेका दुई पूरुषको विषयलाई समेतिएको छ ।

अमेरिकी गायक माइकल ज्याक्सनको सन् २००९ जुन २५ मा एक कन्सर्टका लागि सांगेतिक विदेश यात्राको तयारीमा रिहर्सल गर्ने क्रममा ह्र्दयघातले निधन भएको थियो । उनी उनको समयको सबैभन्दा लोकप्रिय र चर्चित पप गायक हुन् ।

प्रतिक्रिया दिनुहोस्