संयुक्त सैन्य अभ्यास



कराची (एजेन्सी)
पाकिस्तानको तटिय सहर कराची नजिकै शुक्रबार ५ दिवसिय अमन १९ समुद्री अभ्यास सुरु भएको छ । उक्त नौसैनिक अभ्यासमा ४६ देशले भागलिइरहेका छन् ।पाकिस्तानको वायु सेना, स्थल सेनार रेन्जर्स सँगै नौसेना, पनडुब्बी, नौसैनिक जहाज र विशेष फोर्स उक्त अभ्यासमा सहभागी भएका छन् ।

सन् २००७ मा सुरु भएको उक्त सैन्य अभ्यास प्रत्यक दुई बर्षमा आयोजना हुँदै आइरहेको रेडियो पाकिस्तानले जनाएको छ । यसको उद्देस्य एक अर्काको सामुन्द्रिक अवधारणा र सन्चाल संस्कृति बुझ्न एक मन्च उपलब्ध गराउनु हो । अभ्यास सुरु भएको अवसरमा पाकिस्तान सहित ४६ देशका झण्डा फहर्याइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्