ब्राजिलका १० फुटबल खेलाडीको मृत्यु



A person looks across at burning houses in the town of Mati, east of Athens, Monday, July 23, 2018. Regional authorities have declared a state of emergency in the eastern and western parts of the greater Athens area as fires fanned by gale-force winds raged through pine forests and seaside settlements on either side of the Greek capital. (AP Photo/Thanassis Stavrakis)

रियो दि जेनेरियो ।
ब्राजिलको अत्यधिक लोकप्रिय फुटबल क्लब फ्लामेङ्गो फुटबल क्लबका १० खेलाडीको मृत्यु भएको छ ।

क्लबको कार्यालयमा शुक्रबार आगलागी भएपछि आगोमा जलेर उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

मृत्यु भएकामा १४ देखि १७ उमेर समूहका खेलाडी रहेका छन् । उनीहरू क्लबमा खेलको अभ्यास गरिरहेका बेला आगलागी भएको स्थानीय टीभी ग्लोबोले जनाएको छ ।

रियोको भर्गेम ग्राण्ड जिल्लामा रहेको अत्याधुनिक प्रशिक्षणस्थलमा स्थानीय समयानुसार बिहान ५ बजे आगलागी भएको थियो ।
रासस

प्रतिक्रिया दिनुहोस्