भ्याली दोहोरो उपाधि नजिक



काठमाडौं, (नेस)
भ्याली पब्लिक दोस्रो भद्रकाली कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइज र गल्र्स दुवैमा शुक्रबार फाइनलमा प्रवेश गरेको छ। गल्र्समा भ्याली पब्लिक ‘ए’ ले आयोजक भद्रकालीलाई २८–२१ ले पराजित ग¥यो। भ्याली पब्लिक ‘ए’ को जितमा सुजु गुरुङले १३ अंक योगदान गरिन्। भ्याली पब्लिक ‘ए’ ले उपाधिका लागि टीआईएसँग खेल्नेछ। ब्वाइजमा साजन गुरुङको १४ अंक सहयोगमा भ्याली पब्लिकले नवजीवनलाई २८–१९ ले हरायो।

प्रतिक्रिया दिनुहोस्