फूलपाती कहिले ?



चाडपर्व आउनै पर्दैन, पात्रोमा नभए नि नेपालीहरू सेलिब्रेसन मुड बनाउने मामलामा एक से एक छन्। कुरो जाडोको हैन, भ्यालेनटाइन डेको। भ्यालेनटाइन डे फेब्रुअरी १४ तारिखमा भएर के गर्नु दशैंभन्दा कम छैन। बिहीबारदेखि नै यो डेले शहर बजारलाई छपक्कै छोप्या रैछ।

भ्यालेनटाइन डेको पनि घटस्थापना भइसक्यो रे। यस्तै गाइँगुइँ सुनेसी कुरो के हो त भन्दै धरहराले चासो लियो। रोज डे, प्रपोज डे, चक्लेट डे, टेडी डे, प्रमिस डे, किस डे, हग डे अनि बल्ल १४ तारिखमा भ्यालेन्टाइन डे। अनेकौं डे भ्यालेनटाइनभित्र अटाएसी यो बेमौसमी र आयातित पर्व दशैंभन्दा कम हो त पाठकवृन्द ?
रोज डे अर्थात् यो पर्वको घटस्थापनाचाहिँ बिहीबारै रैछ। प्रमिस डेलाई फूलपाती भिœयाउने दिन मान्दा कसो होला पाठकवृन्द रु यस्ता विविध डे पाठकवृन्दका छोराछोरीले स्कुले लेभलदेखि नै कन्ठस्त पारिसक्या छन्। त्यसैले अब यो विदेशी पर्वका विविध सन्दर्भ र विशेषता घोक्ने पालोचाहिँ बाआमाको।

यो पर्व यसरी मौलाइरहँदा जोडी जुराउने पुरोहितले पनि यतातर्फ चासो लिएर मात्रै बिहेको साइत निकाल्दा अझ राम्रो होला किरु बिहे गर्ने कन्या र उनका एड्भान्स पोइले भ्यालेन्टाइनमै कामकुरो अघि बढाइसक्या हुन्छन् भनेसी पुरोहित महोदयले अब चासो नदिएर भो त ?

प्रतिक्रिया दिनुहोस्