साप्ताहिक राशिफलः माघ २६ देखि फागुन ३ गतेसम्म



मेष
साताको शुरू आइतबारसम्म त्यति सन्तोषजनक छैन। छिमेकी–साथीभाइसँग विवाद, दुर्घटना, चोटपटक, रोगको भय, असफलता हुने देखिन्छ भने बाँकी सबै दिन उपलब्धिमूलक छन्। उपहार, सम्मान, पुरस्कार प्राप्तिको सम्भावना छ। व्यापार, ठेक्कापट्टा, पढाइ, खेलकुद आदिमा सफलता हासिल हुने, सुख–सन्तोष, पराक्रम वृद्धि, मानसिक प्रसन्नता, फाइदाजनक भ्रमण, कार्य सफल हुने देखिन्छ।

बृष
तपाईंका लागि यस साताको मध्यभाग सोमबार र मंगलबार त्यति राम्रो देखिँदैन। बाँकी दिनहरू शुभ फलदायक छन्। विविध वस्तु वा सेवाको प्राप्ति होला। आफ्नो बोली बिक्ने, कार्य सफल हुने, उपहारादि वस्तु प्राप्ति हुने सम्भावना छ। साथीभाइसँगको भेटघाट उपलब्धिमूलक हुनेछ। तर साताको मध्यभागमा भने अनावश्यक खर्च, स्वास्थ्य समस्या, चोटपटकको भय हुने देखिन्छ।

मिथुन
तपाईंका लागि यो साताका सबैजसो दिनहरू उत्तम फलदायक नै देखिन्छन्। पुरस्कार–सम्मान प्राप्ति हुने सम्भावना छ। धनलाभ हुने, राम्रो कामको थालनी हुने देखिन्छ। सुख–सन्तोष, पराक्रम वृद्धि, मानसिक प्रसन्नता होला। परीक्षा, खेलकुद, मुद्दामामिला अदिमा विजयको सम्भावना छ। तर बुधबारचाहिँ समय प्रतिकूल छ। आर्थिक क्षति, स्वास्थ्य समस्या हुने देखिन्छ।

कर्कट
तपाईंका लागि यो साताका दिनहरू धेरै शुभ फलदायक देखिन्छन्। सानै प्रयासबाट नचिताएका ठूला काम बन्नेछन्। कतैबाट धन, पुरस्कार, उपहार, मिष्ठान्न भोजन प्राप्ति हुने सम्भावना छ। पारिवारिक वा साथीभाइसँग रामै्र जमघट होला। आर्थिक लाभ हुनेछ। वैदेशिक होस् वा स्वदेशमै भए पनि रोमान्टिक यात्रा हुन सक्छ। साताको अन्त्य शुक्रबार भने स्वास्थ्यमा समस्या आउन सक्छ।

सिंह
तापाईंका लागि साताको शुरू शुभ फलदायक छैन। राज्य सञ्चालकको भय, मान–प्रतिष्ठामा आघात, व्यापारिक असफलता, कष्टदायक यात्राको सम्भावना छ। तर सोमबारबाट भने दिनहरू शुभ छन्। स्वस्थताको महसुस हुने, आफ्नो व्यवसायबाट पर्याप्त आम्दानी हुने, गुम्न लागेको धन हात लाग्ने सम्भावना छ। त्यस्तै रोजगारीको अवसर मिल्ने, परीक्षामा सफलता हासिल हुने देखिन्छ।

कन्या
साता मिश्रित फलदायक छ। आइतबारसम्म द्रव्यलाभ, पराक्रम, उन्नति–प्रगति, मान–सम्मानमा वृद्धि, ठूलै उपलब्धिको सम्भावना छ। तर सोमबार र मंगलबार परिवार–इष्टमित्रमा विवाद सृजना हुने, व्यर्थमा दौडधुप हुने, दिनचर्या अस्तव्यस्त हुनेछ। त्यसपछिका दिनहरूमा भने गरेका कामहरू सफल हुने, लगानीबाट लाभांश पाइने, व्यापारिक कारोबारबाट लाभ मिल्ने, खेल–परीक्षा आदिमा सफलता मिल्नेछ।

तुला
यस हप्ताका बढीजसो दिन तपाईंका लागि शुभ छन्। गरेका कार्यहरू सफल हुँदा सुखानुभूति हुनेछ। कतैबाट खाद्यान्न लाभ होला। आफन्त वा साथीभाइसँग रोमान्टिक यात्राको सम्भावना छ। उपहारस्वरूप कतैबाट प्रिय वस्तु प्राप्त हुने सम्भावना छ। तर बुधबार र बृहस्पतिबार भने कार्यमा असफलता हुँदा तनाव बढ्नेछ। धन हानि, मान हानिको सम्भावना छ। धैर्य गर्नुहोला।

वृश्चिक
यो साता तपाईंका लागि धेरै राम्रो देखिन्छ। तपाईंको यश–ऐश्वर्यमा वृद्धि हुनेछ। पढाइ–जागिरमा उच्च मूल्यांकन हुने देखिन्छ। राजनीतिमा सफलता, व्यवसायबाट उच्च आम्दानी, राज्यबाट लाभ हुनेछ। थालनी गरिएका अधुरा काम पूरा हुनेछन्। नेतृत्व क्षमतामा वृद्धि हुने, बोली बिक्ने, सानै प्रयासबाट पनि कार्य सफल हुने देखिन्छ। शुक्रबार भने चोटपटकको सम्भावना भएकाले सतर्कता रहनुहोला।

धनु
तपाईंका लागि साताको शुरूका दुई दिन शुभ देखिँदैन। शोक–सन्ताप बढ्ने, कार्य असफल हुने, ग्यास्टिक, अपचजस्ता समस्याले सताउला। सोमबारदेखि समय उत्तम फलदायक छ। पढाइ, प्रतियोगिता, खेलकुद, मुद्दामामिला आदिमा विजय हुनेछ। अधुरा कार्यहरू पूरा हुनेछन्। प्रेमप्रसंग सफल हुनेछ। आफ्नो जीवनसाथीबाट धेरै सहयोग मिल्नेछ। कतैबाट पुरस्कृत भइने सम्भावना छ।

मकर
यस साताको शुरू शनिबार र आइतबार विविध वस्तु वा सेवाको प्राप्ति, आर्थिक लाभ, पारिवारिक सुख–सन्तोष, मन प्रफुल्लित हुनेछ भने साताको मध्यभाग सोमबार र मंगलबार चोटपटकको भय, पढाइमा असफलता, आर्थिक नोक्सानी हुने सम्भावना छ। तर बुधबारदेखि भाग्योदय हुनेछ। आफ्नो बोली बिक्ने, कार्य सफल हुने, चिट्ठा–उपहारादि वस्तु प्राप्ति हुने, आर्थिक लाभ हुने योग छ।

कुम्भ
साताको धेरैजसो दिनहरू शुभ छन्। शारीरिक स्फूर्ति बढ्नेछ। गरेका कार्यहरू सफल हुँदा सुखानुभूति, हर्षविभोर हुनेछ। आफन्त वा साथीभाइसँग रोमान्टिक यात्राको सम्भावना छ। घरमा वा अन्यत्र भए पनि शुभकार्यममा सरिक भई मिष्ठान्न भोजन पाइनेछ। उपहारस्वरूप कतैबाट प्रिय वस्तु प्राप्त हुने सम्भावना छ। तर बुधबार र बृहस्पतिबार भने कार्यमा असफलता हुँदा तनाव बढ्न सक्छ।

मीन
यो साता तपाईंका लागि धेरै उपलब्धिमूलक छ। गरेका काम सफल हुने, कहीँवंशवृद्धिको सम्भावना, रिसाएका व्यक्तिहरू खुसाएर नजिकिन खोज्ने, मुद्दामामिला भएमा विजयको सम्भावना, पठनपाठनमा सफलता, राम्रै आम्दानी हुने प्रबल सम्भावना, साथीभाइ–इष्टमित्रबाट सहयोग, नेतृत्वदायी भूमिकामा सफलता हुनेछ। तर शुक्रबार भने स्वास्थ्य समस्या, कार्य बाधा हुने सम्भावना छ। सतर्क रहनुहोला।

प्रतिक्रिया दिनुहोस्