जन्म दिएवापत आमाबुबासंग क्षतिपुर्ति माग !



मुम्वइ,(एजेन्सी)
एकजना सताइस वर्षिय भारतिय युवकले आफ्नो चहाना विपरित आफुलाई जन्म दिएको भन्दै आफ्ना मातापितासंग क्षतिपुर्ति लिने योजना बनाएका छन् । मुम्वइका व्यापारी राफाएल स्यामुयलले बालबालिकाहरुलाई जविनभरि दुख भोगन लगाउन संसारमा ल्याउनु न ैगलत भएके आफ्नो विचार विविसिलाई प्रकट गरेका छन् ।

उनले भनेका छन् , ‘ अवश्य पनि हामी जनिमनु अघि नै हाम्रो अनुमति लिन मिल्दैन । तर यो संसारमा आउने जन्म लिने निर्णय हाम्रो होइन । हामीले कसैलाई हामीलाई जन्माइ दिनु भनी अनुरोध नगरेकाले हामीलाई जन्मेदेखि बाँचुन्जेल सम्मका लागि खर्च दिइनु पर्दछ । ’ यस्तो प्रकारको मागले कुनै पनि परिवार भित्र विवाद जन्माउन सक्छ , तर स्यामुयलको पेशाले वकिल रहेका मातापितासंग सुमधुर समन्ध रहेको छ । साथै तिनीहरुले हाँसी खुशी छोराको माग सम्बोधन गर्ने देखिन्छ ।

उनकी माता कविताले छोराले हालै समाजमा यस्तो प्रसंग निकालेर तहल्का मच्चाएकोबार ेयस्तो भन्छिन् , ‘ दुवै वकिल रहेका हामीलाई अदालत लान खोज्न चाहेका मेरो छोराको साहसको म प्रशंसा गर्दछुँ । र , यदि मेरो छोराले उनको जन्म अघि हामीले अनुमति लिनुपर्ने विषमा चित्तबुझ्ने किसिमले तर्क पेश गरेको खण्डमा म उनको माग पूरा गर्न पनि तयार छुँ । ’ स्याम्युयलले भने यदि यस्तो मागलाई सम्बोधन गरिने हो भने विस्तारै पृथ्वीबाट मानिसको संख्या पनि घट्दै जाने र त्यो पृथ्वीका लागि राम्रै हुने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्