आईएसआईएस समाप्त भएको अर्को हप्ता औपचारिक घोषणा हुन्छ: ट्रम्प



वासिंगटन (एजेन्सी)
अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले इस्लामिक कट्टरपन्थी आईआईएसको साम्राज्य समाप्त भइसकेको बताए । आगामी हप्त कुनै पनि बेला यसको औपचारिक घोषणा हुने उनले बताए । अमेरिका र उसका सहयोगी सेनाले सिरिया र इराकमा आईएसआईएसका सबै ठेगाना ध्वस्त पारेको ट्रम्पले बताए ।

ट्रम्पले उक्त दावी वासिंगटनमा आईएसआईएसलाई पराजित गर्ने अन्तराष्टिय गठबन्धनका मन्त्रीहरुलाई सम्बोन्धनमा गरेका थिए । सम्बोधनमा उनले अर्को हप्ता आईएसआईएस सत प्रतिशत समाप्त भएको औपचारिक घोषणा गर्ने बताए । तर त्यसका लािग आफु केही समय कुर्न चाहेको उनले बताए । आफु हतारमा केहि पनि गर्न नचाहेको उनले थपे ।

आफनो प्रशासनले एक सोचको विकास गरेको र यसबाट युद्धको मैदानमा अमेरिकी कमान्डर र सहयोगीहरुलाई नयाँ शक्ति प्राप्त भएको र उनीहरुले कट्टरपन्थी संगठनसँग सिधै टक्कर लिएको ट्रम्पले बताए । ।।।विगत २ बर्षमा हामीले २० हजार बर्गमाइल इलाका आईएसआईएसबाट खोसेर आफनो कब्जामा लिइसकेका छौं ( उनले भने ।

युद्धको मैदानलाई सुरक्षित गरिसकेको र एक पछि अर्को जित हासिल गरेको उल्लेख गर्दै मोसुल र रक्कामाथि पुन कब्जा गरेको उनले बताए । ६० माइल भन्दा ठुलो इलाकामा रहेका आईएसआईएस नेताहरुलाई ध्वस्त पारेको उनले बताए । उनीहरु पुन संगठित हुने प्रयास गरिरहेको तर यो उनका लागि कठिन हुने उनले बताए ।

१ सय भन्दा धेरै आईएसआईएस वरिष्ठ नेता मारिसकेको बताउँदै हजारौं आईएस लडाकुहरुले युद्ध छोडेर गइसकेको ट्रम्पले बताए । अमेरिका र उसका सहयोगी सेनाले ५० लाख भन्दा धेरै नागरिकलाई आतंकवादको कब्जाबाट मुक्त गरेको बताउँदै त्यसका लागि अन्तराष्ट्रिय गठबन्धनलाई उनले धन्यवाद दिए । यति चाँदै आईएस अन्त्य होला भन्ने कसैले नसोचेको पनि उनले बताए ।

अन्तराष्ट्रिय गठबन्धका मन्त्रीहरुको एक संयुक्त विज्ञप्तीमा सिरिया र इराकमा आईएसआईएसलाई पराजित गने आतंकवादी संगठन विरुद्धको संघर्षमा कोशेढुगा सावित हुने उल्लेख गरिएको छ । तर यसको अर्थ आईएसआईएस विरुद्धको युद्ध अन्त्य भएको छ भन्ने होइन । सिरिया र इराकमा अहिले पनि केही स्थानमा केही क्षेत्रिय आतंककारी समुह सक्रिय छन् । आईएस उनीहरुको समर्थन गरिरहेका छन् । यसका लागि पनि लडाई जारी राख्न आवश्यक भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

अमेरिकामा भइरहेको उक्त बैठकमा विश्वका ७० देशका मन्त्रीले भाग लिएका थिए । सम्मेलनमा दक्षिण एसियाबाट भाग लिने एक मात्र देश अफगानिस्तान हो । आईएसआईएस विरुद्ध युद्ध गरिरहेका देशका सेनामा अफगानिस्तान पनि समावेश छ ।

प्रतिक्रिया दिनुहोस्