पुर्व राष्ट्रपति लुलालाई थप कारावास संजाय



रियो दि जेनेरो,(एजेन्सी)
ब्राजिलको एउटा अदालतले पुर्व राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई विहिवार भ्रष्टाचारको अभियोगमा थप १२ वर्ष ११ महिना लामो कारावास संजाय सुनाएको छ । ठूलो भ्रष्टाचारको खेलमा ७३ वर्षिय लुलालाई पुन काम दिनका लागि एउटा कम्पनीबाट घुस वापत थुप्रै रकम लिएको अभियोगमा दोषि करार गरिएको छ ।

यस अघि न ैअकुत सम्पत्तिको श्रोत नखुलेको कारण उनलाई १२ वर्ष लामो कारावास संजाय सुनाइएको थियो । उनका वकिलहरुले यस पछिल्लो संजाय विरुद्ध उनले अपिल गर्ने बताएका छन् ।

ट्रेड युनियनका पुर्व अभियन्ता तथा सन् २००३ देखि २०१० सम्म ल्याटिन अमेरिकी मुलुक ब्राजिलका आदर्श व्यक्तित्व बन्न सफल लुलाले भने आफुमाथि लगाइएका समपुर्ण अभियोग अस्विकार गरेका छन् । साथै उनले राजनिितक पुर्वाग्रह राख्दै राष्ट्रपतिय चुनावमा लड्न नदिने उद्देश्यले आफु विरुद्ध सुनियोजित षडयन्त्र भइरहेका ेबताएका छन् ।

संघिय न्यायधिश गाव्रियला हाडर््टले ओएएस नामक सो निर्माण कम्पनीले सजावट गरिदिएको एउटा फार्म हाउसमा लुला प्रायशः जाने गरेको बताएका छन् । तर लुलाका वकिलहरुले भने सो फार्महाउस उनका ेनभई उनका साथी फर्नान्डो बित्तारको भएको दावी गरेका छन् ।

तर न्यायधिशले भने सो हाउसका मालिक भन्दा बढि लुला त्यहाा जाने गरेको र उक्त कम्पनीलाई २ ला ख ७० हजार अमेरिकी डलर खर्च गराएर त्यसाको सजावट गर्न लगाएको बताएका छन् ।

यस भ्रष्टाचार काण्डको अनुसन्धान ‘ अपरेसन कार वास ’ को नामले चिनिन्छ । अमेरिकी विदेश विभागले यसलाई विश्वको इतिहासकै सबैभन्दा ठूलो भ्रष्टाचार काण्ड बताउने गरेको छ । ब्राजिलको प्रचलित कानुन अनुसार एक तिहाई कारवास भुक्तान हुनासाथ कैदीलाई परिक्षणकालमा रिहाइ गरिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्