माओवादी मारिए



नयाँ दिल्ली,(एजेन्सी)
मध्य भारतीय राज्य छत्तिसगढमा बिहीबार सरकारी सुरक्षा फौज र प्रतिवन्धित माओवादीबीच भएको दोहोरो भिडन्तमा परी कम्तीमा दस माओवादी मारिएको स्थानिय संचार माध्यमले जनाएको छ । छत्तिसगढको प्रान्तीय राजधानी रायपुरबाट ३ सय ६५ किलोमिटर टाढाको भैरामगढ शहरमा दोहरोे भिडन्त भएको थियो ।

भारतीय विशेष सुरक्षाबलले सो क्षेत्र माओवादी लडाकू मुक्त घोषित गराउनका लागि शुरुगरेको सुरक्षा कारबाहीको यो झडप भएको बताइएको छ । झडपको क्रममा १० वटा शव र तिनीहरुका राइफल फेला परेको तथा अझै सुरक्षा कारबाही जारी रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्