मदरल्याण्ड र ग्लोबल विजेता



भक्तपुर । एडिफाई प्राइवेट स्कुल्स अर्गनाइजेशन नेपाल (इप्सन) भक्तपुरको बोर्ड कार्यक्रम अन्तर्गत सूर्योदय सेकेण्डरी स्कुलले आयोजना गरेको फुटसल प्रतियोगितामा जुनिएरतर्फ मदरल्याण्ड स्कुल विजेता भएको छ ।

प्रतियोगितामा मदरल्याडले हिमाल एकेडेमीलाई २–० गोलले पराजित गर्दै जुनियरतर्फको उपाधि जितेको हो । सोहि प्रतियोगिता अन्तर्गत सिनियर तर्फको उपाधि ग्लोबल एकेडेमी स्कुलले जितेको थियो । सोहि प्रतियोगितामा जुनिएर र सिनियर दुवै स्पर्धामा हिमाल एकेडेमीले दोश्रो स्थान हात पा¥यो ।

जुनिएर तर्फको तेश्रो स्थान भने क्वालिटी सेकेण्डरी स्कुल र आयोजक सूर्योदय सेकेण्डरी स्कुलले हासिल गरे । साथै सिनियर तर्फको तेश्रो स्थान आयोजक सूर्योदय सेकेण्डरी स्कुल र सुडालको पारीजात पिद्यापिठ स्कुलले जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्