मि टु कि टु मि ?



 

भारतबाट चलाइएको मि टु अभियानमा अहिले धमाधम चर्चितवाला पनि पोलिन थालेका छन् । महिलामाथि हुने यौन हिंसाका घटना उजागर गर्न यो अभियान थालेको बताइन्छ । तर यसको पक्ष÷विपक्षमा स्वयम् महिला नै बाँडिएका छन् ।

कसैले यसलाई राम्रो अभियान भनेका छन् भने कसैले यसको अलोचना गरेका छन् । आलोचना गर्नेहरूले किन गरे त्यो उनीहरूको कुरा हो । तर यौन हिंसाका कतिपय आरोप सुन्दा धरहरालाई पनि सक्सक् लाग्न थालेको छ । बडो विचित्रको छ संसार । महिला–पुरुष नभई पनि नहुने भए पनि नहुने ।

बालबालिकालाई करकापमा पारेर जबर्जस्ती यौनस्वार्थ लुट्ने त सक्कली बलात्कारी नै भइहाले । तिनीहरूलाई त ढिलोचाँडो सार्वजनिक गरेर कडा भाटे कारबाी गर्नैपर्दछ तर यहाँ उमेर परिपक्व भएर आफ्नै निर्णयमा अरुसँग यौनसम्बन्धसम्म गाँस्न पुग्ने तर पछि अरुलाई आरोप लागेर आफू चोखिन खोज्नेहरू देख्दा धरहरालाई खित्का छोडेर हाँस्न मन लाग्छ ।

हाँसो मात्रै हैन कुरी कुरी नै लाग्छ । सहमतिको यौन स्वाद दुवैलाई चाहिने हो नि ! सहमतिमा स्वाद चाख्ने, मजा साँट्ने, कर गरी गरी टु मि टु मि भन्दै लाडिने, अनि सहमति भाँडिएपछि १५ औँ २० औँ वर्षपछि मि टु मा पोल लगाउने ? यो त हजम भए नि ! यस्ता कुराको राम्रो छानवीन हुन परेन र !

प्रतिक्रिया दिनुहोस्