१० रनमै अलआउट



मेलबर्न, (एजेन्सी)
अस्टे«लियाको घरेलु टी २० च्याम्पियनसिपमा अनौठो स्कोर बन्यो । जुन स्कोर बच्चाहरु खेले पनि बन्दैन । च्याम्पियनसिप जस्तो ठूला प्रतियोगितामा साउथ अस्टे«लियाको महिला टोली मात्र १० रनमै समेटियो । केवल एक खेलाडीले ४ रन बनाए भने अन्यले शून्यमै चित्त बुझाएका थिए । खेलाडीबाट बनेको ४ रनको अलावा अतिरिक्त ६ रनले टोलीको स्कोर १० अंकमा छोएको थियो ।

एलिस स्प्रिंगमा भइरहेको प्रतियोगितामा साउथ अस्टे«लियालाई न्यु साउथ वेल्सको महिला टोलीले लज्जाजनक स्कोरमा पु¥याएको हो । साउथ अस्टे«लियाले ६२ बलमा १० रन बनाउँदा ओपनर फेब िमेनसेलले ३३ बलमा मात्र ४ रन जोडिन् ।

न्यु साउथ वेल्सकी बलर राक्सेन भेनभीनले २ ओभरमा १ रन दिएर ५ विकेट लिएकी थिइन् । सो एक रन पनि वाइड बलमा खर्चिएको थियो । अन्यमा नाओमी वुड्सले २ बल फँयाकेर २ विकेट नै लिएकी थिइन् । न्यु साउथ वेल्सले ११ रनको लक्ष्य १५ बल खेलेर हात पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्