विभागीय टोलीका बक्सर सेमिफाइनलमा



नेपाल समाचारपत्र, काठमाडौं
ठमाडौंको वसन्तपुर डबलीमा जारी वीर गणेशमान राष्ट्रिय खुला बक्सिङ च्याम्पियनसिपअन्तर्गत विभागीय टोलीका बक्सरहरूले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्।

प्रदेशीय खेलाडीभन्दा विभागीय टोलीका खेलाडीहरूले प्रतियोगितामा वर्चश्व जमाएका छन्। बुधबार भएका क्वार्टरफाइनल खेल जित्दै नेपाल पुलिस क्लबका दिनेश श्रेष्ठ, त्रिभुवन आर्मी क्लबका एकबहादुर घले र नेपाल एपीएफ क्लबका प्रकाश लिम्बु अन्तिम चारमा पुगेका हुन्। पुरुष ६० केजीतर्फ दिनेशले प्रदेश ४ का जिनेश गुरुङलाई गरे। त्यस्तै एकबहादुरले प्रदेश ३ का सनिल शाहीलाई र प्रकाशले प्रदेश ७ का भरत चन्दलाई पाखा लगाएका थिए। सो तौलसमूहमा एक मात्र खेलाडी अन्तिम चारमा पुग्ने प्रदेश ५ का गणेश थापामगर रहेका छन्। उनले प्रदेश २ का सुदीप घिसिङलाई हराएका थिए।

यसै गरी पुरुष ५६ केजी तौल समूहमा एपीएफका पुरन राईले प्रदेश १ का सुरेन्द्र राईलाई, आर्मीका विमल रोकाले प्रदेश ६ का प्रशान्त लामालाई हराउँदै अन्तिम चारमा पुगे। यस्तै प्रदेश २ का गणेश थापा र प्रदेश ७ का महेन्द्र चन्द पनि अन्तिम चारमा पुगे।

यस्तै पुरुष ५२ केजी तौल समूहमा आर्मीका प्रेम चौधरी, प्रदेश १ का सुलभराज तुलाधर, पुलिसका चन्द्रबहादुर थापा र एपीएफका विक्रम परियार अन्तिम चारमा पुग्न सफल भए। पुरुष ४९ केजीतर्फ एपीएफका प्रदीप महर्जन, आर्मीका सुशील थापा, प्रदेश ७ का भानु विष्ट र प्रदेश ६ का मोहन गुरुङ अन्तिम चारमा प्रवेश गरे।

महिलातर्फ ४६–४८ केजी तौल समूहमा पुलिसकी दिवाना शेर्माले एपीएफकी नाङ्जा बुढामगरलाई हराउँदै अन्तिम चारमा स्थान बनाइन्। आर्मीकी ललिता महर्जनले प्रदेश १ की मन्जिता माखिम, प्रदेश ३ की सुष्मा तामाङले प्रदेश ६ की जानकी थापा तथा प्रदेश ५ की सुशीला थापाले प्रदेश ८ की प्रतिभा शाहीलाई पराजित गरे।

आर्मीकी विमला श्रेष्ठले ४८–५१ केजी तौल समूहमा प्रदेश २ की मनिषा राईलाई हराउँदै अन्तिम ४ मा स्थान बनाइन्। प्रदेश ४ की मीना घले, प्रदेश ३ की रोशनी राई र एपीएफकी माला राई पनि अन्तिम ४ मा प्रवेश गरे।

प्रतिक्रिया दिनुहोस्