ट्रम्प थरका बालक वार्षिक सम्बोधनमा आमन्त्रित



वासिंगटन, (एजेन्सी)
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कांग्रेसमा मंगलबार संयुक्त सदन अर्थात् स्टेट अफ द युनियन दिने आफ्नो सम्बोधनका लागि ६ कक्षाका छात्र जोसुआ ट्रम्पलाई पनि आमन्त्रित गरेका छन्। ≈वाइट हाउसले जारी गरेको एक विज्ञप्तीमा उक्त जानकारी दिइएको हो।
जोसुआ ट्रम्प राष्ट्रपतिको परिवार सदस्य होइनन्। उनी डेलावेयरको विलमिंग्टनका निवासी हुन्। उनलाई उनको थरका कारण स्कुलमा जिस्काउने गरिएको थियो। विज्ञप्तीमा जोसुआको प्रसंसा गर्दै भनिएको छ, जोसुआलाई विज्ञान, कला र इतिहास विषय मनपर्छ। उनलाई जनावरप्रति प्रेम छ र उनी भविष्यमा यसैसँग सम्बन्धित करियर बनाउन चाहन्छन्। उसँग हुने गरेको नराम्रो व्यवहारका बारेमा उल्लेख गर्दै ≈वाइट हाउसले भने ९दुर्भाग्यपूर्ण रूपमा जोसुआलाई उसको थरका कारण स्कुलमा दुःख दिने गरिएको छ। उनी प्रथम महिला र ट्रम्प परिवारका समर्थनका लागि आभारी छन्। ट्रम्प थरका कारण स्कुलमा उनीमाथि दुव्र्यवहार हुने गरेकाले जासुआले आफ्नो नामसमेत परिवर्तन गर्न चाहेका थिए।

उनीहरुले ट्रम्पको नातेदार हो, भन्ने प्रश्न सोधेर हैरान पार्ने गरेको ११ वर्षीय जोसुआ अल्बर्ट ट्रम्पले एक अन्तरवार्तामा बताएका थिए। उनले भने– ‘जब शिक्षकले जोसुआ ट्रम्प तिमी किन यहाँ भन्थे रु मेरा साथीहरुबाहेक सबै हाँस्थे।’

उनीमाथि हुने गरेको दुव्र्यवहारका कारण उनका शिक्षकहरुले उनको थर कक्षामा प्रयोग नगर्ने निर्णय गरेका थिए। ‘जिस्क्याइ तथा दुव्र्यवहारका कारण म थाकिसकँे। म यो रोक्न चाहन्छु’ –उनले बताएका थिए।

जोसुआले आफ्नो नाम पछाडिको थर परिवर्तन गर्न चाहेका थिए। टली मिडल स्कुलका प्रिन्सिपलले ती केटाका अभिभावकसँग बैठकपछि यस विषयमा छानविन गरेका छन्। स्कुलले उनको नामपछाडिको थर परिवर्तन गरी बर्टो राख्न तत्काल अनुमति दिएको थियो। स्टेट अफ द युनियन वार्षिक सम्बोधनमा राष्ट्रपति, प्रथम महिला र कांग्रेसका सदस्य आफ्ना पाहुनालाई आमन्त्रित गर्न सक्छ। ट्रम्पले जोसुआसहित एक अवैध आप्रवासीद्वारा कथित रूपमा मारिएका एक वृद्ध दम्पति गेराल्ड र सेरोन डेविडका परिवार र डिसेम्बरमा एक आपराधिक न्याय सुधार कानुनअन्तर्गत जेलबाट रिहा गरिएका पहिलो व्यक्ति म्याथ्यु चाल्र्सलाई आमन्त्रित गरिएको छ।

प्रतिक्रिया दिनुहोस्