हसाउँदा हसाउँदै गम्भीर बनाउने सयकडा दश



विदुर गिरी

सिनेमाका अनेकन उद्देश्य हुन्छन्। जस्तोसुकै उद्देश्य भए पनि मनोरञ्जन पहिलो उद्देश्य हुन्छ। यस मामलामा सफल भने थोरै सिनेमा मात्र हुन्छन्। मनोरञ्जन नै मनोरञ्जनको बहारका रूपमा अहिले बजारमा देखिएको छ सयकडा दश। सिनेमाले हसाउ“दै मनोरञ्जन दिने काम त गर्छ नै, स“गस“गै चोटिलो सन्देश पनि दिन्छ।

यो सिनेमा मनोरञ्जनबाट शुरू हुन्छ र मनोरञ्जन गराउ“दै अगाडि बढ्छ। हसाएको हसायै गर्छ। कतिबेला यसको कथाले गहन रूप लिइसकेको हुन्छ थाहै हुन्न। यो कथा हो एउटा घूस्याहा सरकारी कर्मचारीको। ऊ घूस खान यति माहिर छ कि त्यही घूस खाएको पैसाले जहा“ जहा“ सरुवा भयो त्यहीं त्यहीं अथाह सम्पत्ति जोड्न सफल हुन्छ। ऊ हरेक काम गर्न घूस माग्ने गर्छ। घूस नखाई ऊबाट कुनै काम अगाडि बढ्दैन। त्यो कार्यालयमा ऊ मात्र होइन, तलदेखि माथिसम्मका सबै घूसमै लिप्त छन्। सरकारी अड्डामा हुने भ्रष्टाचारको रूप त्यहा“ छर्लंगै देखिन्छ।

एक दिन यस्तो अवस्था आउ“छ, भ्रष्टाचारको दुर्गन्ध पैmलिएपछि त्यहा“ अख्तियार दुरूपयोग आयोगले छापा मार्ने कुरा हुन्छ। त्यसैले तलदेखि माथिसम्मका हाकिमले सेवा अवधि कबल २ महिनामात्र बा“की भएका राजारामलाई राजीनामा दिन बाध्य तुल्याउ“छन्। राजाराम ज्यान जाला राजीनामा दिन तयार हु“दैनन्। तर सबैले भ्रष्टाचारबाट कमाइ भएको रकमबाटै सयकडा दश हरेक दिन घरमै व्यवस्था गरिदिने भएपछि उनी राजीनामा दिन्छन्। त्यत्रा भ्रष्टाचारी भएको कार्यालयमा राजारामलाई मात्रै राजीनामा दिन बाध्य किन पारियो भन्नेचाहि“ प्रष्ट हु“दैन। सयकडा दशको यो कथा कास्टिङ सकि“दा नसकि“दैको हो।

कास्टिङदेखि पछिसम्म सिनेमाको कथा हसाउ“दै अगाडि बढ्छ। कथालाई अगाडि बढाउने क्रममा राजारामको दैनिकी फेरिन्छ। ऊ भ्रष्टाचार गरेर गरेको पाप तीर्थ गएर मेटाउन चाहन्छ। छोरालाई भने साथीहरूस“ग मिलेर समस्यामा परेका दुःखी र असहायलाई सामाजिक सञ्जालमार्पmत सहयोगको आ≈वान गर्दै सहयोग जुटाउ“दै फुर्सद छैन। जब छोराको कुरा आउ“छ, कथाले नया“ मोड लि“दै जान्छ। तर राजाराम र भ्रष्टाचारीको मूल कथालाई पनि छोड्दैन, तान्दै अगाडि लगिरहन्छ। छोरा देवका मिल्ने २ साथी छन्। त्यसमध्ये एउटा हिमाल प्रेममा परिसकेको छ र उसको बिहे गराउन देव नै सफल हुन्छ भने अर्को साथी शिशिर। देवले जसलाई मन पराउ“छ, उसले पनि उसैलाई मन पराउ“छ। युवतीको छनोटमा चाहि“ देव नै पर्छ।


देवको प्रेम झा“गिदै जान्छ। उसको प्रेमिकाका बाबु मनोज गजुरेल आफ्नो कमेडी यात्रालाई अगाडि बढाउ“दै गएका हुन्छन्, भ्रष्टाचारीलाई छेड हान्दै। मनोज छोरीको छनोटको केटास“ग बिहे गराउन राजी हुन्छन्। परिवारस“ग कुरा गर्न उसको घरमै पनि पुग्छन्। जब राजारामलाई हुनेवाला सम्धीका रूपमा पाउ“छन्, छोरीलाई लिएर फरक्कै फर्कन्छन्। किन फर्कन्छन्, त्योचाहि“ फिल्म हेर्नुमै मज्जा छ। देवको प्रेम संकटमा पर्छ। ऊ घरबारै छोडेर निस्कन्छ। राजारामले केही वाचा गरेपछि मन पराएकी युवतीस“ग मन्दिरमा गएर बिहे गरी घर भिœयाउ“छ।

तर राजारामले वाचा पूरा गर्नुको साटो शर्त अगाडि सारेपछि ऊ पत्नीलाई लिएर घरबाट निस्कन्छ, जसको चोटले उसकी आमा थला पर्छिन्। राजाराम विदेश जान ठीक परेको छोरालाई घर फर्काउन वाचा पूरा गर्नतिर लाग्छन्। आफूले भ्रष्टाचार गरेको फाइल नै बोकेर अख्तियारमा पुग्छन् र कारबाहीको माग गर्छन्। अख्तियारले भ्रष्टाचारमा धेरैको संलग्नता देखिएकाले अनुसन्धानको दायरा बढाउन समय लाग्ने भन्दै पटक–पटक फर्काइदिन्छ। विदेश जान एयरपोर्ट पुगिसकेको छोरा त्यहा“बाट फर्कन्छ कि फर्कंदैनरु आफ्नै भ्रष्टाचारविरुद्ध कारबाहीको माग गर्ने राजारामको माग पूरा हुन्छ कि हु“दैनरु देव र उनकी आमाको फेरि भेट हुन्छ या हु“दैनरु यो सबका लागि फिल्म नै हेर्नुपर्छ। तर संयोगान्त वा वियोगान्त कुनै रूप नलिई दर्शकलाई खुसी वा दुःखी दुवै नबनाई फिल्म सकिन्छ।

सयकडा दशको यो कथा रोचक र घोचक छ। सिनेमाले हसाउ“दा हसाउ“दै कति बेलादेखि गम्भीर बनाइदिन्छ थाहै हु“दैन। सिनेमा हेरुन्जेल कतै पट्यार लाग्दैन। पटकथा कतै कतै अलमलिए पनि चुस्त लाग्छ। संवाद मनोरञ्जक र चोटिलो छ। एउटा गीत र त्यसको संगीत मनोरञ्जक छ, कोरियोग्राफी सामान्य। छायांकन र सम्पादन ठीक छ। अभिनयको सवालमा राजाराम पौडलले सिंगो सिनेमालाई बोकेर अगाडि बढाएका छन् भने उनको छोराको रूपमा देखिएका अमृत ढुंगानाले राम्रै का“ध थापेका छन्। मनोज गजुरेलले पहिलो सिनेमा अभिनयमा आफूलाई स्वाभाविकरूपमा प्रस्तुत गरेका छन्। रश्मी भट्टको अभिनय शानदार छ। देवका साथीका रूपमा देखिएका उत्सव न्यौपाने र अमित पोखरेल जमेका छन् भने उनकी प्रेमिकाका रूपमा करुणा श्रेष्ठले राम्रो सम्भावना देखाएकी छिन्। सोनिया राई सामान्य लाग्छिन्। रवि डंगोल ‘बेमान’ छोटै भूमिकामा पनि जमेका छन्। रामशरण पाठकले लेखक र निर्देशकका रूपमा सिनेमालाई रोचक, मनोरञ्जक र गम्भीर बनाउन भरपूर प्रयास गरेका छन्।

सयकडा दशभित्र
कथा ः रज्जु प्रधान
पटकथा, संवाद तथा निर्देशन ः रामशरण पाठक
गीत ः रामशरण पाठक, डा। डीआर उपाध्याय र रवि मल्ल
संगीत ः कल्याण सिंह र जुगल डंगोल
कोरीयोग्राफर ः दिलिप ओखेडा
छायाकन ः रामेश्वर कार्की
सम्पादन ः बनिष शाह र भूपेन्द्र अधिकारी
कार्यकारी निर्माता ः राजाराम पौडेल
निर्माता ः रज्जु प्रधान, उत्तम खत्री, डा। डीआर उपाध्याय र सञ्जीव न्यौपाने
निर्माण संस्था ः दर्शन नेपाल क्रियसन र डीआर म्युजिक एन्ड ट्रेनिङ

प्रतिक्रिया दिनुहोस्