विदाको दिन सरकारी गाडी चलाए ठाउँको ठाउँ कार्वाही



दयाराम पण्डित, बाजुरा । प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बिदाको दिन सरकारी सवारी साधान नचालाउन बाजुराका नौवटै स्थानीय तहलाई निदर्शेन दिनुुभएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराद्धारा आईतवार दिउसो प्रेसित चलानी नंम्वर १५७५ को पत्रमा विदाको दिन सरकारी सवारीसाधान नचलाउन उल्लेख गरिएको छ ।

देशका विभिन्न भागमा पछिल्लो समयमा सरकारी यातायतका सााधान आगजनी तोडफोड भएकोले विदाको दिन सरकारी यातायात साधान नचलाउन निर्देशन गरेको प्रमुख जिल्ला अधिकारी बरालद्धारा हस्ताक्षेरित पत्रमा उल्लेख छ । अत्याआवस्यक कामको औचित्यता हेरी यदि चलाउनै मनासिव कारण भए जिल्ला प्रशासन कार्यालय बाजुराको अनुमती लिएर मात्र चालाउन सकिने पत्रमा उल्लेख छ ।

प्रमुख जिल्ला अधिकारी बरालले अठेर गरे आबस्यकता अनुसार कारवाही हुने बताउनुभएको छ ।

प्रहरी नाायब उपरिक्षक उद्धबसिंह भाटले अनुमतिविदा विदाको समयका सरकारी सवारी चलाएको पाएमा चापी खोस्ने बताउनुभएको छ ।

जिल्लामा सरकारी कर्मचारीले विभिन्न बहानामा सरकारी साधानको दूरपयोग भईरहेको बेला विदाको दिनमात्र सरकारी सवारी साधान नियन्त्रण गर्नसके आर्थिक मितब्ययीताका साथ सरकारी सम्पत्तीको दुरुपयोग नहुने स्थानीयको भनाई छ । यद्येपी प्रशासनको निर्णय सम्बद्ध निकायले कार्यन्वयन गर्न नागरिक अगुवाको सुुझाव छ ।

प्रतिक्रिया दिनुहोस्