संघीयता जय नेपाल



नेताहरुले ७० बर्षको अथक प्रयासपछि मुलुकमा गणतन्त्र आएपछि के के न हुन्छ भनेर फुटनी लगाउदै हिडेको दृष्य अहिले पनि धरहरालाई झलभली याद छ । अहिले संघीयता कार्यान्वयनका क्रममा सबै स्थानीय निकायले अधिकार प्रत्यायोजन गरेपछि संघमा रहेका नेताहरु तर्सिन थालेका छन ।

हैन हामीले हिजो के के न हुन्छ भनेर संघीयता त ल्यायौं तर अहिलेको अवस्था हेर्दा संघीयताले सबैलाई तर्साउन थालेको छ भन्ने आवाज सुनेपछि धरहरापनि तीन छक परेको छ । हिजो संघीयतामा मुलुक नगए नेपाल नै डुब्ने बताउदै आएका नेताले नै धरहराको फेदमा बसेर भन्न थाले संघियताको बारेमा हामीले बुझेकै रहेनछौ ।

अव परेन फसाद संघीयता लागू भइसक्यो अव के गर्ने के नगर्ने नेताहरुमा देखिएको दुबिदाले संघीयता त जयनेपाल पो होला जस्तो छ पाठक बृन्द ?

प्रतिक्रिया दिनुहोस्