एनआईसी एसिया बैंकको नाफामा उच्च वृद्धि



काठमाडौं, (नेस)
एनआईसी एसिया बंैकले चालँ आवको दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण बैंकले चालँ आर्थिक वर्षको दोस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा १७२ प्रतिशत (१ अर्ब ३५ करोड) ले वृद्धि गरी २ अर्ब १४ करोडको सञ्चालन मुनाफा आर्जन गरेको छ ।
त्यस्तै खुद मुनाफातर्फ वार्षिक विन्दुगत आधारमा १६४ प्रतिशत ( ९४ करोड) को वृद्धि सहित १ अर्ब ५१ करोडको खुद मुनाफा गरेको छ । गत वर्षको सोही अवधिको खुद मुनाफा ५७ दशमलव १८ करोड रहेको थियो ।

बंैकले वार्षिक विन्दुगत आधारमा ५३ प्रतिशत (७४ अर्ब) को वृद्धि गरी वासालातको आकार २१४ अर्ब पु¥याउन सफल भएको छ । जस अन्तर्गत कर्जातर्फ वार्षिक विन्दुगत आधारमा ४८ प्रतिशत ( ४८ अर्ब) को वृद्धि गरी १४९ दशमलव ३ अर्ब र निक्षेप संकलन तर्फ वार्षिक विन्दुगत आधारमा ४६ प्रतिशत (५५ अर्र्ब) को वृद्धि गरी १७५ दशमलव ७६ अर्ब पु¥याउन सफल भएको छ ।
उक्त वृद्धि नेपाली बंैकिङ इतिहासमा कुनै पनि बंैकले वार्षिक विन्दुगत आधारमा हासिल गरेको वृद्धिका हिसाबले हालसम्मकै उच्च रहेको बैंकको दाबी छ ।

बैंकको मुलुकभर २७५ शाखा कार्यालय, २८९ एटीएम, ३७ वटा एक्सटेन्सन काउन्टर एवम् २३ वटा शाखारहित बैंकिङ इकाईमार्फत करिब १४ लाख ५० हजार ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्