सिभिल बैंकको ‘सम्मान बचत खाता’ योजना



काठमाडौं, (नेस)
सिभिल बैंक लिमिटेडले नयँँ बचत खाता योजना ‘सम्मान बचत खाता’ ल्याएको छ । बैंकले यस बचत खातामा ७ लाखसम्मको दुर्घटना मृत्यु÷अपांग बीमा तथा अस्पताल भर्ना भई लागेको १ लाख रुपियाँसम्मको औषधोपचार खर्चको बीमा पनि निःशुल्क रुपमै उपलब्ध गराउने भएको छ । यस योजनामा ग्राहकले बीमाका सुविधा प्राप्त गर्न आफ्नो बचत खातामा राख्नुपर्ने रकमको कुनै बन्देज नरहेको कुरा पनि बैंकले जनाएको छ ।

न्यँनतम मौज्दात शँन्य रहेको यस बचत खातामा ग्राहकका लागि निःशुल्क चेक बुक, एटीएम कार्ड, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ, रेमिटेन्स सुविधा, ओभरड्राफ्ट कार्ड तथा निःशुल्क एबीबीएस सुविधा रहेकोे कुरा बैंकले जनाएको छ ।

श्रम ऐनअनुसार प्रत्येक संघ–संस्थाले आफ्नो श्रमिक÷कर्मचारीहरुलाई ७ लाखसम्मको दुर्घटना मृत्यु÷अपांग बीमा तथा औषधोपचार खर्चको लागि १ लाखसम्मको बीमा गराउनुपर्ने नियम रहेकोमा बैंकले नै आफ्नै खर्चमा बीमा गराइदिने भएको तथा बीमाका सुविधाहरु प्राप्त गर्न आफ्नो बचत खातामा राख्नुपर्ने रकमको कुनै बन्देज नरहेकाले यस योजनाबाट संघ–संस्था लगायत ग्राहकवर्ग लाभान्वित हुने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्