ट्रेन दुर्घटना



नयाँदिल्ली,(एजेन्सी)
भारतको पूर्वी राज्य बिहारमा आइतबार बिहान भएको ट्रेन दुर्घटनामा छ जना व्यक्तिको ज्यान गएको रेलवे अधिकारीहरुले संचार माध्यमलाई जानकारी गराएका छन् ।

सो दुर्घटनामा अन्य एघार जना घाइते भएको र ति मध्ये चार जनाको स्थिती गम्भीर रहेको बताइएको छ । दुर्घटनामा परेका पीडितहरुलाई भारत सरकारले आर्थिक सहयोगका कार्यक्रमहरु घोषणा गरेको बताइएको छ । सरकारले दुर्घटनामा मृत्यु भएकाको परिवारलाई पाँच लाख भारतीय रुपैयाँ तथा गम्भीर घाइतेलाई एक लाख रुपैयाँ र सामान्य घाइतेलाई ५० हजार दिने घोषणा गरिसकेको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्