सन्राइज बैंकको लहान शाखा स्थानान्तरण



 

काठमाडौं, (नेस)
सन्राइज बैंकले सिरहाको लहान नगरपालिका– ८, लहानस्थित शाखा कार्यालयलाई साविकको स्थानबाट करिव ७५० मिटरको दँरीमा स्थानान्तरण गरेकोे छ । आइतबार स्थानान्तरण गरिएको शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघ नेपालका उपाध्यक्ष किशोर प्रधान तथा उद्योग वाणिज्य संघ लहानका अध्यक्ष अशोकलाल अमात्यले संयुक्त रुपमा गर्नुभयो ।

त्यस्तै प्रदेशसभा सदस्य एवम् पँर्वमेयर लगनलाल चौधरीले लहान शाखाको एटीएमको उद्घाटन गर्नुभयो । उक्त उद्घाटन समारोहमा बैंकका नायब महाप्रबन्धक अपछकुमार यादव लगायत बैंकका अधिकारीहरुको उपस्थिति रहेको थियो ।

हाल सन्राइज बैंकले मुलुकभर १०२ वटा शाखा, ११४ वटा एटीएम, २८ वटा शाखारहित बैंकिङ सेवा र ४ वटा एक्सटेन्सन काउन्टरमार्फत ५ लाख ग्राहकाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै मर्चेन्ट बैंकिङ तथा इन्भेष्टमेन्ट बैंकिङ कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सन्राइज क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्